Monday, January 19, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home प्रदेश खबर

उदयपुरको बेलकामा थारु समुदायको मौलिकता संरक्षण गर्न `थारु संग्राहलय´

खबरबिट by खबरबिट
08/06/2021
in प्रदेश खबर
0
उदयपुरको बेलकामा थारु समुदायको मौलिकता संरक्षण गर्न `थारु संग्राहलय´
15
SHARES
372
VIEWS
Share on FacebookShare on Twitter

उदयपुर । थारु समुदायको मौलिकता झल्कने सामग्रीहरु उदयपुरको बेलका नगरपालिका क्षेत्रमा संग्राहलय बनाएर संग्रहित गरिएको छ।

जिल्लाको बेलका नगरपालिकाको वडा नम्बर २ मा स्थानीय थारु समुदायले आफ्ना मौलिक परम्परा झल्कने सामाग्रीहरुको संग्रह गरेर संग्राहलय निर्माण गरेका हुन् । उक्त वडाको बेल्हमा दुई तले पक्की भवन निर्माण गरि थारु जातीको पुराना सामानहरुलाई संग्रहित गरिएको हो।

READ ALSO

ब्राउन सुगर सहित २ जना पक्राउ

१ महिलाको शव फेला

तराईको रैथाने आदिवासी थारुहरुको मौलिक सामाग्रीहरु लोप हुँदै गएकाले संग्रालय नै बनाएर संरक्षण गर्नुपरेको थारु संग्राहलय निर्माण समितिका अध्यक्ष एवम् जग्गा दाता समेत रहेका मिश्रीलाल चौधरी बताउँछन्।

‘आधुनिकतासँगै यहाँका रैथाने हामी थारुहरुको मौलिकता विस्तारै लोप हुँदै जान थालेको छ,’ उनि भन्छन्, ‘हामीले आफ्नो संस्कृति बचाउन र नयाँ पुस्तालाई आफ्नो बाबु बाजेको रितिरिवाज कस्तो थियो भनेर चिनाउन पनि हाम्रो पहिचान जोडिएका मौलिक सामानहरुलाई सुरक्षित राख्न संग्राहलय बनाएका हौँ।’

चौधरीका अनुसार उक्त संग्रालयमा थारु समुदायले माछा मार्न प्रयोग गर्ने जाल, झेली, चिउरा कुट्न, धान कुट्न प्रयोग गरिने ढिकि, थारुहरुको सांस्कृतिक पहिचान झल्कने कपडा, ओख्रि, कठोत, रोरी पकाउने साचो, थोत्रि, हलो, पुरानो पैसा, थारुहरुले लगाउने गहनाहरु लगाएतका सामानहरु रहेका छन्।

‘उक्त संग्रहालयलाई थारुहरुको संस्कृति बारे जानकारी दिने सम्पूर्ण सामाग्रीहरु जुटाईने उनि बताउछन्,’ उनि भन्छन्, ‘मौलिक संस्कृति झल्किने धेरै सामाग्री जुटाउन अझै बाँकी छ। आगामी दिनहरुमा संग्राहलयमा आवश्यक सम्पुर्ण सामानहरु पुरा गराउँने छौँ।’

त्यसैगरि, बेलका नगर स्तरीय थारु उत्थान समितिका अध्यक्ष हरीनारायण चौधरीले एकवर्ष अघिनै उद्घाटनका लागि तयारी अवश्थामा रहेको भएपनि अघिल्लो वर्षको चैतबाट सुरु भएको कोरोना महामारीका कारण अझै सर्वसाधारणका लागि खुला गर्न नसकिएको बताए।

‘गतवर्ष नै ७७ सालको जितिया पर्वको अवसरमा संग्रालयको भब्य उत्घाटन गर्ने लक्ष थियो, उनले भने, कोरोना महामारीले गर्दा हुन पाएन। सबै सामान्य भएपछि भब्य उद्घाटन गर्ने योजनामा छौं। यहाँ थारुहरुको जन्म देखि मृत्यु सम्मका संस्कृति झल्किने सामाग्रीहरु राखिएको छ।’

थारु संग्राहलयका निर्माणका लागि प्रदेश संसद विमल कार्की, बेलका नगरपाकिलका र स्थानीयको सहयोग चौधरीले जानकारी दिए। उक्त भवनको तल्लो तलामा सभा हल र कार्यलय बनाईएको छ भने माथिलो तलामा संग्राहलय रहेको छ। संग्राहलय भवन बनाउन नगर स्तरीय थारु उत्थान विकास समितिबाट ४ लाख र प्रदेश नम्बर १ निर्वाचन क्षेत्र विषेश कार्यक्रम अन्तरगत ४ लाख ९३ हजार रुपैयाँ निकासा भएको थियो।

Tags: उदयपुरथारु संग्राहलयबेलका नगरपालिका

Related Posts

धरानमा लागूऔषधसहित तीन पक्राउ
अपराध

ब्राउन सुगर सहित २ जना पक्राउ

20/06/2023
 घाँटीमा लिचीको दाना अड्किएर बच्चाकाे मृत्यु
प्रदेश खबर

१ महिलाको शव फेला

19/06/2023
ताप्लेजुङ : बाढीपहिरोमा परेर तीनजनाको मृत्यु, तीन बेपत्ता
प्रदेश खबर

ताप्लेजुङ : बाढीपहिरोमा परेर तीनजनाको मृत्यु, तीन बेपत्ता

19/06/2023
धरानमा लागूऔषधसहित तीन पक्राउ
अपराध

चोरी मुद्धाका एक फरार प्रतिवादी पक्राउ

16/06/2023
बसको ठक्करबाट बालिकाको मृत्यु
प्रदेश खबर

बसचालकको लापरवाहीबाट १ काे मृत्यु

16/06/2023
खोटाङमा छतबाट खसेर नाबालिकाको मृत्यु
प्रदेश खबर

रूखमा घाँस काट्दा एक को मृत्यु

16/06/2023
Next Post
हरिनगरका आइसोलेशन सेन्टरलाई एसजी अर्गनाइजेशनले दियाे अक्सिजसहित स्वास्थ्य सामग्री

हरिनगरका आइसोलेशन सेन्टरलाई एसजी अर्गनाइजेशनले दियाे अक्सिजसहित स्वास्थ्य सामग्री

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

  • हाम्राे टीम
  • विज्ञापन
  • राशिफल
  • Checkout
  • My account
  • Login/Register
  • Checkout – urban_observer
  • My Account – urban_observer
  • Login/Register – urban_observer
  • Switching plans wizard
  • Modal Mobile Menu
  • Modal Newsletter
  • Modal Desktop
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.