Thu 2025, May
No Result
View All Result
  • गृह
  • खबर
    • स्थानीय
    • समाचार
    • मुख्य
    • प्रदेश खबर
    • अन्तर्राष्ट्रिय
  • रंग

    ‘राष्ट्रिय बाल चलचित्र महोत्सव’ मा बाल लघु चलचित्र ‘गौँथली’ प्रदर्शन गरिने

    चलचित्र महोत्सव २०८१ : अभिनेता शिव श्रेष्ठसहित दुई दर्जन चलचित्रकर्मी सम्मानित

    र्‍याप गायनमा रुचि भएका युवाका लागि अवसर : ‘झुम्का साइफर’ शो सुरु हुँदै

    Trending Tags

    • भिडियाे
    • नृत्य प्रतियाेगिता
    • सांगीतिक
    • चलचित्र
  • विचार

    ‘नैतिक शिक्षा’ समाज निर्माणको आधार

    मौलिक संस्कृतिको पलायनतामा बजारशास्त्रको भूमिका

    सुनसरीमा पर्यटन विकासको सम्भावना

    Trending Tags

    • फोटो

      झुम्का बजार अनुगमनका केही दृश्यहरू (फाेटाेफिचर)

      रामधुनीमा छठ पर्वको अन्तिम तयारीमा भक्तजन (फोटो स्टाेरी)

      १२ तस्बिरमा हेर्नुहोस् सुन्दर ‘रामधुनी मन्दिर’

      Trending Tags

      • फाेटाे स्टाेरी
    • विविध
      • पत्रपत्रिका
      • पर्यटन

        दक्षिण एसियाकै पहिलो होमस्टे : स्याङ्जाकाे ‘सिरुबारी’

        यात्रा : इटहरी-घलेगाउँ-पोखरा

        विश्व सिमसार दिवस : हसिना सिमसारमा मेला [फोटोफिचर]

        Trending Tags

        • पर्यटन
        • पर्यटनमन्त्री
      • साहित्य

        गजल सङ्ग्रह ‘सराब’माथि विमर्श तथा गजल वाचन

        कविता : मलाई गितार मनपर्छ

        महँगी र मायालु (कविता)

        Trending Tags

        • खबरबिट साहित्य
      • अन्तर्वार्ता
      • भिडियो
      • प्रविधि
      • खेलकुद
      • रोजगार
      • विचित्र संसार
      • पुरानाे
      • निर्वाचन २०७९
    No Result
    View All Result

    वनस्पतिजन्य जडिबुटीको उपयोेगिता

    खबरबिट by पुष्पराज भट्टराई
    प्रकाशित मिति : २०७७ जेष्ठ २३ गते, २१:१२ बजे
    127
    SHARES
    ShareTweetSubscribe

    नेपाली भूमिमा उम्रिएका जडिबुटीको प्राचीन महत्व छ । यहाँ पाइने करिब ७ हजार वनस्पतिमध्ये झण्डै १५ सयमा औषधीय गुण पाइन्छ । प्राणीको जीवन दीर्घायुमा वनस्पतिको पोषण छ । जडिबुटीको आरोग्य छ । निरोगिताका लागि कन्दमुल र जडिबुटी कै साहारा लिन्छन् । प्राणीको प्राकृतिक जीवनमा कुनै समस्या आई स्वास्थ्य बिग्रँदा निरोगी हुन प्राणीले वनस्पतिकै फूल, फल, रस, जरा, बोक्रा, गानो आदिको प्रयोग गर्छन् । वनस्पतिको यिनै अगंप्रत्यङ्गलाई जडिबुटी, जराबुटा, ओखतिमुलो, औषधि, दबाइमुलो भन्ने गरिन्छ ।


    वास्तवमा वनस्पतिको जमिनमुनिको जरादेखि जमिनमाथिको बोक्रा पातसम्म औषधिका लागि प्रयोगमा ल्याई स्वास्थ्य लाभका लागि प्रयोग गरिन्छ । जडिबुटी पूर्ण रुपमा वानस्पतिक संग्रह हो । उम्रिएपछि एक वर्षे, दुई वर्षे वा बहुवर्षीय जीवन चक्र पुरा गरेका वनस्पतिको एकल वा मिश्रित रुपमा जडिबुटीको प्रयोग गर्ने गरिन्छ ।


    हामीले प्रयोग गर्ने जडिबुटीको विधिसम्मत प्रयोग भने भारतीय महाद्वीपबाट भएको हो । जडिबुटीको वैज्ञानिक प्रयोग गर्ने परम्परा बसाल्ने काम भने ऋषिमुनिले गरेका थिए । सबैभन्दा पुरानोे ग्रन्थ वेदमा जडिबुटीको प्रयोगसम्बन्धि विधि उल्लेख भएको पाइन्छ । झण्डै ५ हजार वर्ष अगाडिदेखि जडिबुटीको प्रतिपादन भइसकेको प्रमाण वेदले नै दिएको छ । त्यसैबेला के खान हुन्छ, के हुँदैन ? के लगाउन हुन्छ, के हुँदैन ? कुन वनस्पतिको प्रयोग कसरी, किन, कहिले र कसले ? गर्ने भन्ने विधिविधान आयुर्वेदअन्तर्गत बनाइयो । त्यसैले आयुर्वेदिक शिक्षा आज मानव कल्याणका लागि वरदान सावित भएको छ ।


    जडिबुटीको प्रचुर सम्भावना भएको हिमाली राज्य नेपालमा यस विद्याको विकास अधिक मात्रामा भएको छ । प्राकृतिक चिकित्सक उपचार विधिको प्रयोग गरेर हाम्रा पुर्खाले जगत्लाई उत्तम उपचारको खोजी गरेका थिए ।आजको प्राकृतिक उपचारअन्तर्गत ध्यान, योग, साधना ,आदिको आविष्कारमा हाम्रै हिमाली जडिबुटीको सुगन्ध मिश्रित छ । त्यसैले यिनैको मार्ग समातेर हामीले अहिलेसम्म ध्यान, साधना र योग प्रयोगका अनकौं विधि र नियम सिकिरहेका छौं । आफ्ना पिँढीपुस्तालाई यसो गर उसो गर भनेर अर्ती दिइरहेका छौं ।

    जडिबुटी नेपालको महासम्पत्ति हो । यिनको उपयोगिता, पहिचान र प्रयोग हामीले पनि पुख्र्यौली पद्धतिमै गरिरहेका छौं ।यस विद्याको प्रशारण मुख्य गरी बाउबाजेबाट छोरानातिमा हस्तान्तरण गर्दै जनश्रुति विधिबाट हँुदै आएको छ गाउँघरमा भने अझै पनि परम्परागत रुपमा पुर्वजबाट सिकेको जडिबुटीसम्बन्धी ज्ञानले घरैपिच्छे वैद्य, लामा, धाँमीझाँक्री र झारफुक गर्नेहरुले स्थानीय वनजंगल ,पाखा, पखेराबाट खोजी गरी थिचेर, पिसेर, पकाएर, घोटेर, रोगको उपचार गर्ने परम्परा जीवितै छ ।


    आयुर्वेदिक उपचार विधि सस्तो र सजिलो त छँदै छ । साथै नकारात्मक असर अर्थात् ‘साइड इफेक्ट’ नहुने खालको सर्वहितकारी पनि छ । प्राकृतिक छ । सर्वसुलभ पनि छ । हामीले जन्मैदेखि छोएका तिनको गन्ध सुँगेका र न्वारानदेखि मृत्युसम्मका विभिन्न संस्कारमा प्रयोग गर्दै गरेका तिनकै शक्ति र पोषण प्रयोग गरी जीवन धानेका यस्ता जडिबुटी हाम्रै खेत, खोला, करेसाबारी, भिर, कान्ला र पखेरामा जताततै पाइन्छन् ।


    नेपालमा जनबोलीमा मात्रै सीमित भएको जडिबुटी ज्ञानको पहिलो हातेपुस्तक ‘सुश्रुतसंहिता तारा’ काठमाडौंका एक वैद्यले सन् १८७९ मा तयार पारेका थिए । यो नै जडिबुटीसम्बन्धी पहिलो पुस्तक थियो ।
    लामो समयदेखि बेवारिसे अवस्थामा रहेको सो पुस्तकलाई पछिल्लो समयमा चन्द्र शमशेरले त्यसको नाम ‘चन्द्रनिघण्टु’ राखी प्रकाशित गरे ।यसै पुस्तकका आधारमा सिंहदरबार वैद्यखानाले औषधि उत्पादन गर्न थालेको हो । अहिलेसम्म स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतमा रही यस वैद्यखानाले देशभरिका जडिबुटी संकलन गरी केही मात्रामा औषधि उत्पादन गरिरहेको छ ।


    नेपाली माटोमा उम्रिने जडिबुटी प्रयोग गरेर भारतीय आयुर्वेदिक औषधि कम्पनीहरुले औषधि उत्पादन गरी धमाधम नेपालमै बेच्न थालेपछि बल्ल नेपाल सरकारको आँखा खुल्यो । अनि मात्र सन् १९३७ मा जडिबुटीजन्य वनस्पतिको खेती गर्ने र तिनका बारेमा अनुसन्धान गर्ने नीति बनायो ।

    अहिले नेपालमा ४२ वटा उद्योगबाट जडिबुटीजन्य आयुर्वेदिक औषधि उत्पादन हुन्छन् भने २६ थरीका औषधि भारतबाट आयात हुन्छ । वार्षिक २ अर्ब बराबरको औषधि नेपालमा उत्पादन हुन्छ भने ३ अर्बको हाराहारीमा भारतबाट औषधि आयात गरिन्छ । अझैसम्म जडिबुटी खेती गर्ने, संकलन गर्ने, प्रशोधन गर्ने र औषधि उत्पादन गरी बेचबिखन गर्ने सन्तुलित र समानुपातिक नीति बन्न नसक्दा जडिबुटीजन्य औषधि उत्पादनमा भारतमाथि निर्भर रहनुपरेको छ
    नेपालमा जडिबुटी सम्बन्धि सोधखोज र अनुसन्धान गर्ने काम भने सन् १८०२ बाटै शुरु भएको थियो । सो अनुसन्धानमा बेलायतस्थित ब्रिटिस म्युजियमसंग आबद्ध वनस्पति विज्ञहरु सहभागी थिए । यो अनुसन्धानले नेपाली जडिबुटीका बारेमा विदेशमा पनि चर्चापरिचर्चा पायो । उक्त सोधखोज र अनुसन्धानका क्रममा नेपालमा ५ हजार ६७ मौसमी जडिबुटी सूचीकृत भएका थिए ।


    राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको एक प्रतिवेदनअनुसार नेपालमा १ सय १८ प्रकारका परिस्थितिकिय प्रणालीभित्र ३५ थरीका वनहरु पर्दछन् । नेपाल करिब १० हजार प्रजातिका वनस्पतिको साझा घर रहेको अनुमान गरिएको छ । तीमध्ये ५ हजार ८ सय प्रजातिको पहिचान भइसकेको अवस्था छ । त्यसमा पनि ७ सय थरीका जडिबुटी औषधिजन्य रुपमा प्रयोगमा आएका छन् । यी जडिबुटी नेपालको ५ वटै जलवायु क्षेत्रमा पाइन्छन् । खास गरी संरक्षित क्षेत्र, सिमसार क्षेत्र, निकुञ्ज क्षेत्र, सामुदायिक वन क्षेत्रमा जडिबुटी र वनस्पतिका प्रजातिको संख्या अधिक पाइन्छ । वन सर्वेक्षणको तथ्यांकअनुसार नेपालमा वन क्षेत्र ४४ दशमलव ७४ प्रतिशत पुगेको छ जुन पर्यावरणीय हिसाब र जैविक विविधताका दृष्टिले जडिबुटीका लागि सन्तुलित मानिएको छ ।

    जडिबुटिमा पूर्वीय दर्शनको पोषण त छँदैछ । यसमा हाम्रो मौलिकतासँगै पैतृक सम्बन्ध पनि छ । हाम्रा पुर्खाले अनिकालमा होस् या महामारीमा, बाँदरले चिथोर्दा होस् या सर्पले डस्दा, बाघले झम्टिँदा होस् या भिरबाट लडेर चोट लाग्दा होस् । शरीरभरि आएका घाउखटिरा हुन् या दीर्घरोग नै किन नहोस् सबै समस्याबाट छुटकारा पाउन जडिबुटीको साथ लिएका थिए ।


    जन्डिस, कमलपित्त, हेपाटाइटिस ठिक पार्ने आकाशेबेली । चिसोबाट जोगाउने र अरुचि हटाउने अलैंची, भिटामिन सी को सर्वोत्तम प्राकृतिक स्रोत अमला, रक्तशुद्धिका लागि असोक, अनिद्रा कम गर्न अश्वगन्धा, ज्वरो खोकी र दम ठिक पार्न असुरो, आउँ, हैजा वायुगोला र ग्यास्ट्रिकलाई ठिक पार्ने ऐंसेलुजस्ता हज्जारौं जडिबुटी हाम्रै पाखापखेरामा भेटिन्छन् । जसलाई जाँतोमा पिसेर, हाँडीमा उसिनेर, अँगेनुमा पोलेर, चनौटोमा घोटेर, हत्केलामा माडेर, ढिकीमा कुटेर खान ख्वाउन सकिन्छ । कति सरल छ उपचार पद्धति पनि ।

    आज हामी बज्रजन्तिलाई कुल्चेर कोलगेटले दात मोलिरहेका छौं । ज्यानको बाजी लगाएर टिपिएको बहुमूल्य यार्सा कौडीको भाउमा बेचिरहेका छौं । पारिला पाखाभरि करोडौंका जडिबुटी सुकाएर लाखौं मूल्यमा रोग खरिद गर्दै छौं


    कोरोनाजस्ता साहसले जितिने महामारी रोगको उपचारमा जेठीमधु, सितो पलाती, भुइँ अमला, र गुर्जोजस्ता रोग प्रतिरोधात्मक क्षमता भएका जडिबुटी हाम्रै खेत खोल्सामा भेटिन्छन् । हाम्रै भातभान्साको कल्चरमा पकाइने, पड्काउने, पिसिने, उसिनिने, भुटिने मसलाजन्य ओखतिजन्य मेथी, बेसार, मरिच धनियाँजस्ता जडिबुटी मात्रै पनि मिलाएर खाने हो भने पनि हामीमा रोगप्रतिरोधात्मक क्षमताको विकास हुन्छ । त्यति मात्रै होइन हाम्रा पुवर्जले खाद्यबालीमा लागेका किरा मार्न टिमुर, निम, बोझो, तीतेपातीजस्ता जडिबुटीको साथ लिएका थिए ।


    प्रकृतिको आफ्नै इकोसिस्टम छ ।कहिले प्रकृतिले सिर्जना गरेका हरेक वस्तुले प्रकृतिको दोहन गर्छ त कहिले प्रकृतिले आफ्ना सिर्जनाको दोहन गर्छ भनेझै आज प्लेग, डेंगु, एड्स, सार्स कोभिड–१९ कोरोनाजस्ता महामारीसंग विश्व लडिरहेको छ । यसको पनि समाधान यहीँ जडिबुटीमा छ। प्राकृतिक वनस्पतिले निको नपार्ने कुनै रोग उत्पन्न हुँदैन । त्यसलाई सच्याउने सामथ्र्य जडिबुटी वा प्राकृतिक स्रोतमा नै हुन्छ । हाम्रो गाउँवस्तीमा जुन रोग देखिन्छ त्यसको उपचार त्यहीँ ठाउँमा उम्रिएका जराबुटामा हुन्छ भन्ने लोक मान्यता छ ।

    जडिबुटीका उपयोगिता अनेकौं छन् । प्रयोगको विधि विविध छन् । तर दुर्भाग्य यस्ता हजारौं अमूल्य जडिबुटी अझै पनि वनपाखामा अपरिचित बनेर उम्रिरहेका छन् । कतिपयले थाहा नपाउँदा यी दुर्लभ जडिबुटीको विनाश गरिरहेछन् ।


    सबैले मनन् गर्नुपर्ने कुरा त झन् यो छ । लाखौं जनता यहीँ वनपाखाका जडिबुटी खाएर औषधिउपचार गरिरहेका हुन्छन् भने तिनै जनताका नेता भने सामान्य रुघाखोकी लाग्दा बैंकक, टाउको दुख्दा बेल्जियम र पेट लाग्दा बेलायत पुगेर इलाज गर्छन् । आफ्नै देशको प्रविधि र प्राविधिकलाई विश्वास नगरी गिज्याउँदै विदेसिने प्रवृत्ति किमार्थ राम्रो हुन सक्तैन ।


    यसरी अर्काको प्रविधिमा आँखा चिम्लेर पछि लाग्ने हो भने हाम्रा प्राकृतिक जडिबुटीमा गौरव गर्न र बाच्न कहिल्यै सकिँदैन । हाम्रो स्रोतको परिचालन कहिले हुने ? हाम्रा जडिबुटीले कहिले विश्वबजार पाउने ? अर्कोतिर डलरका हरिया डल्ला आउने भए मात्र जडिबुटीको लामो सूची बनाउन तम्सिने नत्र चुप लागेर बस्ने एनजीओ, आईएनजीओहरु र नियमन गर्ने निकाय वनस्पति विभागले पनि हाम्रो राम्रो छ भनेर भावनात्मक कुरा गरेर मात्रै हुँदैन आफ्नो बानि सुधार्नुपर्छ ।

    आज हामी बज्रजन्तिलाई कुल्चेर कोलगेटले दात मोलिरहेका छौं । ज्यानको बाजी लगाएर टिपिएको बहुमूल्य यार्सा कौडीको भाउमा बेचिरहेका छौं । पारिला पाखाभरि करोडौंका जडिबुटी सुकाएर लाखौं मूल्यमा रोग खरिद गर्दै छौं । अर्कोतिर जडिबुटीका जानकार पुस्ता हराउँदै जाँदा यिनको महत्व घट्दै गएको छ । आजका पुस्ताले भोलिका सन्ततिलाई यी जडिबुटीको ज्ञान छाडेर नगए पछुताउनु शिवाय केही हुँदैन। नेपाली भूमिमा हुर्केर यहाँकै ओखर, काफल, अमला, ऐंसेलु, बयर, मुला, गहतको झोल खाई हुर्केका हामीले यिनको संरक्षण र सदुपयोग नगर्ने हो भने अरुले यसको महत्व बुझ्न सक्तैनन् ।


    अब बहुमुल्य जडिबुटीको महत्व तिनको प्रयोग र उपयोगिताका लागि प्रचारप्रसारमा ढिलो भइसकेको छ । हामीसँग भएका थोरै मात्र जडिबुटीको संरक्षण गरी त्यसमा व्यवसायिकता प्रदान गर्नसके पनि हामीलाई यसले विश्वबजारमा अझै धनी बनाउन सक्ने सम्भावना छ ।

    वनपाखाभरि हिमाली जडिबुटीको सौन्दर्य छरिएको छ । अब पर्वतीय पाखामा पौरख गरी जडिबुटीको सुगन्ध खोजौं । जुन हजारौं वर्ष पहिलेदेखि हाम्रा विवेकवान् पुर्खाहरुले खोज्दै आएका थिए भन्ने कुरा सबैले मनन् गरौं ।न त नेपालीलाई कोरोनाको महामारीले नै छुन्छ न त अनिकाल लागेर भोकभोकै मर्नुपर्छ ।

    यो पनि पढ्नुहोस : यसरी पुरा गर्नुहोस् असल अभिभावकको जिम्मेवारी

    Tags: जडिबुटीजडिबुटी उत्पादनवनस्पतिविचारविश्व वातावरण दिवस
    ADVT
    अगाडिकाे पाेस्ट

    बराहक्षेत्रको क्वारेन्टाइमा रहेका तीन जनामा कोरोना पोजेटिभ

    अर्काे पाेस्ट

    बराहक्षेत्रमा कोरोना संक्रमितको संख्या ५ पुग्यो, क्वारेन्टाइनमा रहेका थप ४५ जनाको स्वाब परीक्षण

    सम्बन्धित Posts

    FEATURE

    मौलिक संस्कृतिको पलायनतामा बजारशास्त्रको भूमिका

    by पुष्पराज भट्टराई
    प्रकाशित मिति : २०८० भदौ १० गते, १३:१९ बजे
    0

    आलोक खनाल, आयुस रेग्मी हामीलाई...

    FEATURE

    सुनसरीमा पर्यटन विकासको सम्भावना

    by पुष्पराज भट्टराई
    प्रकाशित मिति : २०८० भदौ ५ गते, २०:२५ बजे
    0

    सामान्यतया पर्यटन भत्राले एक ठाउँबाट...

    यात्रा : इटहरी-घलेगाउँ-पोखरा

    प्रकाशित मिति : २०७८ माघ २६ गते, १६:२० बजे

    अभिभावकले सहजकर्ताको भूमिका निर्वाह गरिदियून्

    प्रकाशित मिति : २०७८ माघ २५ गते, २१:३४ बजे

    महिला हिंसा कहिलेसम्म सहने ?

    प्रकाशित मिति : २०७८ अशोज १९ गते, १०:०० बजे

    तीज र तीजका गीतमा माैलिकता हराउँदै

    प्रकाशित मिति : २०७८ साउन २८ गते, २२:२३ बजे
    अरू हेर्नुहाेस्
    Subscribe
    Connect with
    Login
    I allow to create an account
    When you login first time using a Social Login button, we collect your account public profile information shared by Social Login provider, based on your privacy settings. We also get your email address to automatically create an account for you in our website. Once your account is created, you'll be logged-in to this account.
    DisagreeAgree
    Notify of
    Connect with
    I allow to create an account
    When you login first time using a Social Login button, we collect your account public profile information shared by Social Login provider, based on your privacy settings. We also get your email address to automatically create an account for you in our website. Once your account is created, you'll be logged-in to this account.
    DisagreeAgree
    0 प्रतिक्रिया
    पुरानाे
    नयाँ Most Voted
    Inline Feedbacks
    सबै प्रतिक्रिया हेर्नुहाेस्

    नयाँ खबर

    समाचार

    लागूऔषध ब्राउन सुगरसहित सात पक्राउ

    by पुष्पराज भट्टराई
    प्रकाशित मिति : २०८२ बैशाख १७ गते, १२:५१ बजे
    0

    सबै पढ्नुहाेस्

    जनकपुरमा जानकी जन्मोत्सव सुरु

    प्रकाशित मिति : २०८२ बैशाख १६ गते, ९:१७ बजे

    पाल्पामा जीप दुर्घटना, ३ जनाको मृत्यु

    प्रकाशित मिति : २०८२ बैशाख १५ गते, ९:५२ बजे

    शिक्षक र चिकित्सक सडकमा : विद्यार्थी परीक्षा र बिरामी उपचारको प्रतीक्षामा

    प्रकाशित मिति : २०८२ बैशाख १५ गते, ९:४० बजे

    सिद्धार्थ शिक्षा सदनमा ‘श्रष्टासँग बालबालिका’

    प्रकाशित मिति : २०८१ चैत्र २७ गते, २१:१७ बजे


    बढी पढिएकाे (३० दिनमा)

    • मेरो गाउँ (कविता)

      0 shares
      Share 0 Tweet 0
    • जनकपुरमा जानकी जन्मोत्सव सुरु

      0 shares
      Share 0 Tweet 0
    • गरिबी : न्यूनीकरणका प्रयास र चुनौती

      0 shares
      Share 0 Tweet 0
    • समाज परिवर्तनमा युवाको भूमिका र दायित्व

      0 shares
      Share 0 Tweet 0
    • शिक्षक र चिकित्सक सडकमा : विद्यार्थी परीक्षा र बिरामी उपचारको प्रतीक्षामा

      0 shares
      Share 0 Tweet 0

    सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


    मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
    शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

     

    हाम्राे टिम

    प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
    डेस्क रिपाेर्टर :
    बजार व्यवस्थापक :
    संवाददाता : नसिम अन्सारी (सुनसरी)
    संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

    No Result
    View All Result

    सम्पर्क

    माेबाइल : ९८०२७८१०८३
    विज्ञापन : ९८०२७८१०८३
    इमेल : khabarbit@gmail.com
    सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

    Design  by :

    • हाम्राे टीम
    • विज्ञापन
    • राशिफल

    © Saledo Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

    No Result
    View All Result
    • गृह
    • खबर
      • स्थानीय
      • समाचार
      • मुख्य
      • प्रदेश खबर
      • अन्तर्राष्ट्रिय
    • रंग
    • विचार
    • फोटो
    • विविध
      • पत्रपत्रिका
      • पर्यटन
      • साहित्य
      • अन्तर्वार्ता
      • भिडियो
      • प्रविधि
      • खेलकुद
      • रोजगार
      • विचित्र संसार
      • पुरानाे
      • निर्वाचन २०७९

    © Saledo Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

    Welcome Back!

    Sign In with Facebook
    OR

    Login to your account below

    Forgotten Password? Sign Up

    Create New Account!

    Sign Up with Facebook
    OR

    Fill the forms bellow to register

    All fields are required. Log In

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In
    error: याे समाचार कपी गर्न बन्देज गरिएकाे छ ।