Fri 2025, May
No Result
View All Result
  • गृह
  • खबर
    • स्थानीय
    • समाचार
    • मुख्य
    • प्रदेश खबर
    • अन्तर्राष्ट्रिय
  • रंग

    ‘राष्ट्रिय बाल चलचित्र महोत्सव’ मा बाल लघु चलचित्र ‘गौँथली’ प्रदर्शन गरिने

    चलचित्र महोत्सव २०८१ : अभिनेता शिव श्रेष्ठसहित दुई दर्जन चलचित्रकर्मी सम्मानित

    र्‍याप गायनमा रुचि भएका युवाका लागि अवसर : ‘झुम्का साइफर’ शो सुरु हुँदै

    Trending Tags

    • भिडियाे
    • नृत्य प्रतियाेगिता
    • सांगीतिक
    • चलचित्र
  • विचार

    ‘नैतिक शिक्षा’ समाज निर्माणको आधार

    मौलिक संस्कृतिको पलायनतामा बजारशास्त्रको भूमिका

    सुनसरीमा पर्यटन विकासको सम्भावना

    Trending Tags

    • फोटो

      झुम्का बजार अनुगमनका केही दृश्यहरू (फाेटाेफिचर)

      रामधुनीमा छठ पर्वको अन्तिम तयारीमा भक्तजन (फोटो स्टाेरी)

      १२ तस्बिरमा हेर्नुहोस् सुन्दर ‘रामधुनी मन्दिर’

      Trending Tags

      • फाेटाे स्टाेरी
    • विविध
      • पत्रपत्रिका
      • पर्यटन

        दक्षिण एसियाकै पहिलो होमस्टे : स्याङ्जाकाे ‘सिरुबारी’

        यात्रा : इटहरी-घलेगाउँ-पोखरा

        विश्व सिमसार दिवस : हसिना सिमसारमा मेला [फोटोफिचर]

        Trending Tags

        • पर्यटन
        • पर्यटनमन्त्री
      • साहित्य

        गजल सङ्ग्रह ‘सराब’माथि विमर्श तथा गजल वाचन

        कविता : मलाई गितार मनपर्छ

        महँगी र मायालु (कविता)

        Trending Tags

        • खबरबिट साहित्य
      • अन्तर्वार्ता
      • भिडियो
      • प्रविधि
      • खेलकुद
      • रोजगार
      • विचित्र संसार
      • पुरानाे
      • निर्वाचन २०७९
    No Result
    View All Result

    ‘बृहत्तर बाख्रा पालन पकेट कार्यक्रम’मा किसानको असन्तुष्टि, छनोट प्रक्रिया पार्टीगत भएको आरोप

    आर.बी. कटवाल by आर.बी. कटवाल
    प्रकाशित मिति : २०७७ साउन २६ गते, २०:०९ बजे
    240
    SHARES
    ShareTweetSubscribe

    रामधुनी । सुनसरीको रामधुनी नगरपालका ८ र ९ तथा इनरुवा नगरपालिका ८ (साविकको डुम्राहा)मा सञ्चालित बृहत्तर बाख्रा पालन कार्यक्रममा गरिएको किसान छनोटमा एकलौटी निर्णय गरिएको र पार्टीगत रुपमा गएको स्थानीय किसानले आरोप लगाएका छन् ।

    रामधुनी ८ मा कार्यालय रहेको आकर्षक दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडले पाएको परियोजनाको पहिलो वर्षकै कार्यक्रममा किसानहरुले असन्तुष्टि जनाएका हुन् ।

    सहकारीले भेटनरी अस्पताल तथा पशुसेवा केन्द्र इनरुवाबाट पाँच वर्षीय परियोजना पाएको थियो । सोही अन्तर्गत किसानलाई बाँडिएको बाख्रा, बोका तथा खोर निर्माणका लागि दिइएको रकम परियोजनाको उद्देश्य अनुरुप नभएको किसानको भनाइ छ ।

    इनरुवा ८ की राधादेवी कार्कीले पार्टी हेरेर वा आफ्नाले मात्र पाएको बताइन् । ‘पार्टीगत रुपमा किसान छनोट गरेको देखियो’ उनले भनिन्, ‘गरिब, विपन्नहरुले र समावेशी ढंगले छनोट गरेर वितरण गनुपर्ने थियो ।’ सुरुमै छनोट गर्दा समावेशी तरिकाले गरेको भए अहिले यस्तो विवाद र किसानको आरोप नआउने उनको भनाइ छ ।

    इनरुवा ८ का राजकुमार कार्कीले पनि यस्ता कार्यक्रम गरिब, दुःखीको हितमा हुनुपर्ने बताए । ‘कार्यक्रम अन्तर्गत छनोट प्रक्रिया नै त्रृटि भएको छ,’ उनले भने, ‘आगामी दिनमा संस्थाले किसान छनोट गर्दा दुःखी, गरिबहरुलाई बढी प्राथामिकतामा राखेर समावेशी तरिकाले वितरण गर्नुपर्छ ।’

    विशेष गरी इनरूवा ८ मा पार्टीगत हिसाबमा छनाेट भएकाे किसानकाे आरोप छ ।

    संस्थालाई नै थाहा छैन परियोजना र छनोट प्रक्रियाको विषय

    यता सहकारी संस्था नै यस विषयमा अनभिज्ञ रहेको पाइएको छ । सहकारी संस्थाका अध्यक्ष नरायण खनालले किसान छनोटमा सहकारीको कुनै भूमिका नरहेको बताए । ‘संस्थासहित गाउँका किसानलाई फाइदा पुग्छ भनेपछि प्रक्रियाका लागि हामीले सहकार्य गर्न मान्यौ,’ उनले भने, ‘यहाँका किसान लाभान्वित हुन्छन् भने किन सहकार्य नगर्ने भनेर सहकार्य गरेका हौं ।’

    उनले वितरण के कसरी भयो पूर्णरुपमा थाहा नभएको र पशु प्राविधिकहरुले नै धेरै काम गरेको बताए । अहिले के कसरी छनोट र वितरण भयो सो विषयमा किसानहरुसँगै छलफल गर्दै साथै आगामी वर्षदेखि प्रक्रियागत रुपमा अघि बढ्ने उनको भनाइ छ ।

    वडाले छनोट गरेको हो, त्रृटि भए आगामी दिनमा सच्याउछौं : प्राविधिक पौडेल

    भेटनरी अस्पताल तथा पशुसेवा केन्द्र इनरुवाले खोजेको मापदण्ड मिल्ने भएपछि पशु सेवा प्राविधिक रामकाजी पौडेलले परियोजनका लागि संस्थाको तर्फबाट प्रस्ताव पेश गर्न पहल गरेका थिए । संस्थाका शेयर सदस्य समेत रहेका रामधुनी ८ का पौडेलले हतारमा कार्यक्रम गर्नुपर्ने अवस्था भएकाले पनि केही कमजोरी भएको हुन सक्ने बताए । ‘सबै मापदण्ड पुग्ने र स्थानीय किसान नै लाभान्वित हुने भएपछि हामीले सो सहकारी संस्थामार्फत प्रस्तावना पेश गर्यौ’ उनले भने, ‘किसानलाई आएको बजेट खेर जानुभन्दा आफ्नै ठाउँका किसानहरुलाई फाइदा हुन्छ भन्ने किसिमले यो प्रस्तावना पेश गरेपछि परियोजना आएको हो ।’

    उनले छनोट गर्ने सबै अधिकार सम्बन्धित वडा कार्यालयलाई दिएको र वडा मार्फत नै किसान छनोट भएको बताए । ‘खास किसानहरुको बृहत भेला गरेर छनोट गर्नुपर्ने हो,’ उनले भने, ‘तर, लकडाउन र समयअभावमा हामीले छनोटको अधिकार सम्बन्धित वडा कार्यालयलाई दियौं । अहिलेको सबै छनोट वडाकार्यालयले गरेको हो ।’ आगामी दिनमा वडा कार्यालय, पशु प्राविधिक, किसानहरु बसेर मापदण्ड बनाएर प्रक्रियागत ढंगले अघि बढ्ने उनको भनाइ छ ।

    ५० किसान छनोट, ३० लाख खर्च

    यस वर्ष रामधुनीका २ र इनरुवाको एक वडा गरी साविकको डुम्राहाका ५० किसानले अनुदान रकम पाएका छन् । जसमा बाख्राको खोर निर्माण गर्न आर्थिक सहयोग, बाख्रा, बोकालगायत वितरण गरिएको प्राविधिक पौडेलले जानकारी दिए ।

    जसमा परियोजना अन्तर्गत ५० जनाका लागि ३० लाख रुपैयाँ बजेट आएको र सो रकम खर्च भएको उनको भनाइ छ ।

    Tags: किसानबृहत्तर बाख्रा पालन पकेट कार्यक्रमरामधुनी
    ADVT
    अगाडिकाे पाेस्ट

    उपत्यकामा ४४ सहित देशभर ३३८ जना संक्रमित थपिए

    अर्काे पाेस्ट

    झुम्का-सिंगिया सडकखण्डमा कालोपत्रे सुरु, बगैँचा र लाइटसहितको ड्रिम प्रोजेक्ट

    सम्बन्धित Posts

    FEATURE

    गर्मी अत्यधिक बढेपछि रामधुनीका विद्यालय दुई दिन बन्द

    by खबरबिट
    प्रकाशित मिति : २०८१ जेष्ठ १६ गते, १७:०८ बजे
    0

    रामधुनी / केही दिन यता...

    रंग

    र्‍याप गायनमा रुचि भएका युवाका लागि अवसर : ‘झुम्का साइफर’ शो सुरु हुँदै

    by खबरबिट
    प्रकाशित मिति : २०८१ बैशाख २५ गते, २०:३४ बजे
    0

    रामधुनी । र्‍याप गीत गायनमा...

    स्ट्यान्डर्ड बोर्डिङ स्कुलका विद्यार्थीहरुद्वारा नगद तथा खाद्यान्न सहयोग

    प्रकाशित मिति : २०८० फाल्गुन २६ गते, १३:३३ बजे

    रामधुनीका व्यवसायीलाई सनराइज बैंकले दियो पशुपालन सम्बन्धि तालिम

    प्रकाशित मिति : २०८० असार ६ गते, ७:०३ बजे

    रामधुनीमा १५ बेडको साई हस्पिटल सञ्चालनमा

    प्रकाशित मिति : २०७९ चैत्र २५ गते, १९:२९ बजे

    पिंक लोटसले मनायो १९औं वार्षिकोत्सव, विभिन्न विधामा उत्कृष्ट हुने विद्यार्थी सम्मानित

    प्रकाशित मिति : २०७९ फाल्गुन २७ गते, ८:२७ बजे
    अरू हेर्नुहाेस्
    Subscribe
    Connect with
    Login
    I allow to create an account
    When you login first time using a Social Login button, we collect your account public profile information shared by Social Login provider, based on your privacy settings. We also get your email address to automatically create an account for you in our website. Once your account is created, you'll be logged-in to this account.
    DisagreeAgree
    Notify of
    Connect with
    I allow to create an account
    When you login first time using a Social Login button, we collect your account public profile information shared by Social Login provider, based on your privacy settings. We also get your email address to automatically create an account for you in our website. Once your account is created, you'll be logged-in to this account.
    DisagreeAgree
    0 प्रतिक्रिया
    पुरानाे
    नयाँ Most Voted
    Inline Feedbacks
    सबै प्रतिक्रिया हेर्नुहाेस्

    नयाँ खबर

    समाचार

    लागूऔषध ब्राउन सुगरसहित सात पक्राउ

    by खबरबिट
    प्रकाशित मिति : २०८२ बैशाख १७ गते, १२:५१ बजे
    0

    सबै पढ्नुहाेस्

    जनकपुरमा जानकी जन्मोत्सव सुरु

    प्रकाशित मिति : २०८२ बैशाख १६ गते, ९:१७ बजे

    पाल्पामा जीप दुर्घटना, ३ जनाको मृत्यु

    प्रकाशित मिति : २०८२ बैशाख १५ गते, ९:५२ बजे

    शिक्षक र चिकित्सक सडकमा : विद्यार्थी परीक्षा र बिरामी उपचारको प्रतीक्षामा

    प्रकाशित मिति : २०८२ बैशाख १५ गते, ९:४० बजे

    सिद्धार्थ शिक्षा सदनमा ‘श्रष्टासँग बालबालिका’

    प्रकाशित मिति : २०८१ चैत्र २७ गते, २१:१७ बजे


    बढी पढिएकाे (३० दिनमा)

    • मेरो गाउँ (कविता)

      0 shares
      Share 0 Tweet 0
    • जनकपुरमा जानकी जन्मोत्सव सुरु

      0 shares
      Share 0 Tweet 0
    • गरिबी : न्यूनीकरणका प्रयास र चुनौती

      0 shares
      Share 0 Tweet 0
    • समाज परिवर्तनमा युवाको भूमिका र दायित्व

      0 shares
      Share 0 Tweet 0
    • शिक्षक र चिकित्सक सडकमा : विद्यार्थी परीक्षा र बिरामी उपचारको प्रतीक्षामा

      0 shares
      Share 0 Tweet 0

    सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


    मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
    शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

     

    हाम्राे टिम

    प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
    डेस्क रिपाेर्टर :
    बजार व्यवस्थापक :
    संवाददाता : नसिम अन्सारी (सुनसरी)
    संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

    No Result
    View All Result

    सम्पर्क

    माेबाइल : ९८०२७८१०८३
    विज्ञापन : ९८०२७८१०८३
    इमेल : khabarbit@gmail.com
    सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

    Design  by :

    • हाम्राे टीम
    • विज्ञापन
    • राशिफल

    © Saledo Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

    No Result
    View All Result
    • गृह
    • खबर
      • स्थानीय
      • समाचार
      • मुख्य
      • प्रदेश खबर
      • अन्तर्राष्ट्रिय
    • रंग
    • विचार
    • फोटो
    • विविध
      • पत्रपत्रिका
      • पर्यटन
      • साहित्य
      • अन्तर्वार्ता
      • भिडियो
      • प्रविधि
      • खेलकुद
      • रोजगार
      • विचित्र संसार
      • पुरानाे
      • निर्वाचन २०७९

    © Saledo Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

    Welcome Back!

    Sign In with Facebook
    OR

    Login to your account below

    Forgotten Password? Sign Up

    Create New Account!

    Sign Up with Facebook
    OR

    Fill the forms bellow to register

    All fields are required. Log In

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In
    error: याे समाचार कपी गर्न बन्देज गरिएकाे छ ।