Saturday, February 21, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home FEATURE

‘बृहत्तर बाख्रा पालन पकेट कार्यक्रम’मा किसानको असन्तुष्टि, छनोट प्रक्रिया पार्टीगत भएको आरोप

आर.बी. कटवाल by आर.बी. कटवाल
18/08/2020
in FEATURE, मुख्य समाचार, स्थानीय
0
‘बृहत्तर बाख्रा पालन पकेट कार्यक्रम’मा किसानको असन्तुष्टि, छनोट प्रक्रिया पार्टीगत भएको आरोप
32
SHARES
797
VIEWS
Share on FacebookShare on Twitter

रामधुनी । सुनसरीको रामधुनी नगरपालका ८ र ९ तथा इनरुवा नगरपालिका ८ (साविकको डुम्राहा)मा सञ्चालित बृहत्तर बाख्रा पालन कार्यक्रममा गरिएको किसान छनोटमा एकलौटी निर्णय गरिएको र पार्टीगत रुपमा गएको स्थानीय किसानले आरोप लगाएका छन् ।

रामधुनी ८ मा कार्यालय रहेको आकर्षक दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडले पाएको परियोजनाको पहिलो वर्षकै कार्यक्रममा किसानहरुले असन्तुष्टि जनाएका हुन् ।

READ ALSO

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

सहकारीले भेटनरी अस्पताल तथा पशुसेवा केन्द्र इनरुवाबाट पाँच वर्षीय परियोजना पाएको थियो । सोही अन्तर्गत किसानलाई बाँडिएको बाख्रा, बोका तथा खोर निर्माणका लागि दिइएको रकम परियोजनाको उद्देश्य अनुरुप नभएको किसानको भनाइ छ ।

इनरुवा ८ की राधादेवी कार्कीले पार्टी हेरेर वा आफ्नाले मात्र पाएको बताइन् । ‘पार्टीगत रुपमा किसान छनोट गरेको देखियो’ उनले भनिन्, ‘गरिब, विपन्नहरुले र समावेशी ढंगले छनोट गरेर वितरण गनुपर्ने थियो ।’ सुरुमै छनोट गर्दा समावेशी तरिकाले गरेको भए अहिले यस्तो विवाद र किसानको आरोप नआउने उनको भनाइ छ ।

इनरुवा ८ का राजकुमार कार्कीले पनि यस्ता कार्यक्रम गरिब, दुःखीको हितमा हुनुपर्ने बताए । ‘कार्यक्रम अन्तर्गत छनोट प्रक्रिया नै त्रृटि भएको छ,’ उनले भने, ‘आगामी दिनमा संस्थाले किसान छनोट गर्दा दुःखी, गरिबहरुलाई बढी प्राथामिकतामा राखेर समावेशी तरिकाले वितरण गर्नुपर्छ ।’

विशेष गरी इनरूवा ८ मा पार्टीगत हिसाबमा छनाेट भएकाे किसानकाे आरोप छ ।

संस्थालाई नै थाहा छैन परियोजना र छनोट प्रक्रियाको विषय

यता सहकारी संस्था नै यस विषयमा अनभिज्ञ रहेको पाइएको छ । सहकारी संस्थाका अध्यक्ष नरायण खनालले किसान छनोटमा सहकारीको कुनै भूमिका नरहेको बताए । ‘संस्थासहित गाउँका किसानलाई फाइदा पुग्छ भनेपछि प्रक्रियाका लागि हामीले सहकार्य गर्न मान्यौ,’ उनले भने, ‘यहाँका किसान लाभान्वित हुन्छन् भने किन सहकार्य नगर्ने भनेर सहकार्य गरेका हौं ।’

उनले वितरण के कसरी भयो पूर्णरुपमा थाहा नभएको र पशु प्राविधिकहरुले नै धेरै काम गरेको बताए । अहिले के कसरी छनोट र वितरण भयो सो विषयमा किसानहरुसँगै छलफल गर्दै साथै आगामी वर्षदेखि प्रक्रियागत रुपमा अघि बढ्ने उनको भनाइ छ ।

वडाले छनोट गरेको हो, त्रृटि भए आगामी दिनमा सच्याउछौं : प्राविधिक पौडेल

भेटनरी अस्पताल तथा पशुसेवा केन्द्र इनरुवाले खोजेको मापदण्ड मिल्ने भएपछि पशु सेवा प्राविधिक रामकाजी पौडेलले परियोजनका लागि संस्थाको तर्फबाट प्रस्ताव पेश गर्न पहल गरेका थिए । संस्थाका शेयर सदस्य समेत रहेका रामधुनी ८ का पौडेलले हतारमा कार्यक्रम गर्नुपर्ने अवस्था भएकाले पनि केही कमजोरी भएको हुन सक्ने बताए । ‘सबै मापदण्ड पुग्ने र स्थानीय किसान नै लाभान्वित हुने भएपछि हामीले सो सहकारी संस्थामार्फत प्रस्तावना पेश गर्यौ’ उनले भने, ‘किसानलाई आएको बजेट खेर जानुभन्दा आफ्नै ठाउँका किसानहरुलाई फाइदा हुन्छ भन्ने किसिमले यो प्रस्तावना पेश गरेपछि परियोजना आएको हो ।’

उनले छनोट गर्ने सबै अधिकार सम्बन्धित वडा कार्यालयलाई दिएको र वडा मार्फत नै किसान छनोट भएको बताए । ‘खास किसानहरुको बृहत भेला गरेर छनोट गर्नुपर्ने हो,’ उनले भने, ‘तर, लकडाउन र समयअभावमा हामीले छनोटको अधिकार सम्बन्धित वडा कार्यालयलाई दियौं । अहिलेको सबै छनोट वडाकार्यालयले गरेको हो ।’ आगामी दिनमा वडा कार्यालय, पशु प्राविधिक, किसानहरु बसेर मापदण्ड बनाएर प्रक्रियागत ढंगले अघि बढ्ने उनको भनाइ छ ।

५० किसान छनोट, ३० लाख खर्च

यस वर्ष रामधुनीका २ र इनरुवाको एक वडा गरी साविकको डुम्राहाका ५० किसानले अनुदान रकम पाएका छन् । जसमा बाख्राको खोर निर्माण गर्न आर्थिक सहयोग, बाख्रा, बोकालगायत वितरण गरिएको प्राविधिक पौडेलले जानकारी दिए ।

जसमा परियोजना अन्तर्गत ५० जनाका लागि ३० लाख रुपैयाँ बजेट आएको र सो रकम खर्च भएको उनको भनाइ छ ।

Tags: किसानबृहत्तर बाख्रा पालन पकेट कार्यक्रमरामधुनी

Related Posts

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
ट्याक्टर दुर्घटना हुँदा ताप्लेजुङमा ४ जनाको मृत्यु
FEATURE

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

29/06/2025
आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति, वालेटको नाम खल्ती रहने
FEATURE

आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति, वालेटको नाम खल्ती रहने

24/06/2025
‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई
FEATURE

‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई

15/06/2025
चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

बढ्यो पेट्रोल र डिजेलको मूल्य

15/06/2025
Next Post
झुम्का-सिंगिया सडकखण्डमा कालोपत्रे सुरु, बगैँचा र लाइटसहितको ड्रिम प्रोजेक्ट

झुम्का-सिंगिया सडकखण्डमा कालोपत्रे सुरु, बगैँचा र लाइटसहितको ड्रिम प्रोजेक्ट

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.