रामधुनी । सुनसरीको रामधुनी नगरपालिकामा अवस्थित झुम्का मिडिया प्रा.लि.द्वारा सञ्चालित झुम्का एफएम १०६ मेगाहर्ज तीन वर्ष पुरा गरी चौथौ वर्षमा प्रवेश गरेको छ ।
आफनो वार्षिकोत्सवको अवसरमा झुम्का एफएमले नेपाल आदिवासी जनजाति पत्रकार महासंघ सुनसरीलाई पत्रकारीता पुरस्कार कोषका लागि नगद पाँच हजार एक सय रुपैयाँ सहयोग हस्तान्तर गरेको छ । झुुम्का मिडिया प्रालि अध्यक्ष तथा प्रबन्ध निर्देशक निशान प्रकृति थारुले सहयोग वापतको रकम फोनिज सुनसरीका अध्यक्ष धिरेन्द्र चौधरीलाई हस्तारन्तर गरेका हुन् ।
छोटो समयमै श्रोता तथा विज्ञापनदाताको मन जित्न सफल झुम्का एफएमले बिहीबार एक कार्यक्रमका बीच आफ्नो वार्षिकोत्सव मनाएको छ । एफएमले शिक्षा, मनोरञ्जन, समाचार, तथा चेतना मुलक कार्यक्रम नियमित रुपमा १८ घण्टा प्रसारण गर्दै आइरहेको छ ।
उक्त वाार्षिकोत्सव कार्यक्रमलाई नेपाल पत्रकार महासंघका अध्यक्ष अमर खड्काले केक काटी शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
वार्षिकोत्सवमा नेपाल प्रेस युनियन सुनसरीका सभापति पवन अधिकारी, प्रेस युनियनका पुर्व अध्यक्ष चेतन धमला, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ सुनसरी अध्यक्ष धिरेन्द्र चौधरी, न्युज स्टुडियोका अध्यष तथा प्रबन्ध निर्देशक भुपेन्द्र साह, रामधुनी साप्ताहिकका सुनिल चौधरी, खबरबिटका आर.बी.कट्वाल, हाम्रो शब्दका शिशिर भटराईलगायतको उपस्थिती थियो ।