Saturday, November 8, 2025
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home समाचार

यस्ताे छ, बराहक्षेत्र नगरपालिकाकाे अहिलेसम्मको प्रगति विवरण

दिपक पुरी, बराहक्षेत्र by दिपक पुरी, बराहक्षेत्र
23/06/2021
in समाचार
0
माघि पर्वको अवसरमा बराहक्षेत्रमा सार्वजनिक विदा
14
SHARES
360
VIEWS
Share on FacebookShare on Twitter

बराहक्षेत्र । सुनसरीको बराहइोत्र नगरपालिकाले आफ्नो अहिलेसम्मको प्रगति विवरण सार्वजनिक गरेको छ । अहिलेसम्म १२ वटा ऐनहरु नगर सभाबाट स्वीकृत गरी कार्यान्वनयमा समेत ल्याइसकेको नगरप्रमुख निलम खनालले जानकारी दिए ।

यस्तो छ मेयर खनालद्वारा प्रगति विवरण :

READ ALSO

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

बिकाश तथा सु–शासनका लागी कानुनी आधार तयार गर्ने सिलसिलामा हाम्रो नयाँ नगरपालिकामा कुनै कानुनहरु तयारी अवस्थामा नरहेको हुँदा आज यस आ.व. सम्म आईपुग्दा हामीले जम्मा १२ वटा ऐनहरु यो सम्मानित सभाबाट स्वीकृत भई कार्यान्वयनमा ल्याएका छौँ। यसै गरी ५ वटा नियमावलि, ८ वटा निर्देशिका, ३५ वटा कार्यविधी, २ वटा गठन आदेश, १ वटा आचार सहिँता, १ वटा विनियम, १ वटा नीति, १ वटा मापदण्ड तथा कार्ययोजना गरी जम्मा ७० वटा कानुनी दस्तावेज तयार गरि प्रक्रियाहरुलाई बिधि सम्मत आधार दिन सफलता प्राप्त गरीएको छ :

कोभिड–१९ ले श्रृजना गरेको बन्दाबन्दीको कारण गरिब, असहाय तथा बिपन्न परिवार, दैनिक कमाई गरी जिविको पार्जन गर्ने व्यक्ति तथा अन्य कारणले रोजगारी गुमाएका व्यक्तिहरुलाई लक्षित गरी वडा कार्यालय मार्फत राहत उपलब्ध गराईएको छ ।

संक्रमित दरलाई बढ्न नदिन नगरपालिकाले नगरबासीहरुका लागि पिसी आर परिक्षण,एन्टिजेन परिक्षण को व्यवस्था मिलाईएको छ ।
कोभिड–१९ को दोश्रो भेरियन्टले संक्रमित महानुभावहरुलाई हौसला र आत्माबल बढाउनका लागि नगर प्रमुखको नेतृत्वमा जनप्रतिनिधीहरु, कर्मचारीहरु, स्वास्थकर्मीहरु, मनोबिमर्शकर्ता र सञ्चारकर्मी साथीहरुको साथमा संक्रमित व्यक्तिहरुको घर घरमा गई स्वास्थ्य अवस्था बुझ्ने कार्य भएको छ ।

नगरबासीहरुको जिवन रक्षाका लागि सप्तकोशी बहुमुखी क्याम्पसमा अक्सीजन सहितको ५० बेडको आईसोलेशन निर्माण गरि हाल सञ्चालनमा आईरहेको छ । साथै वडा नं ३ मा रहेको नव निर्मित वडा कार्यालय भवनमा ५ बेडको अक्सिजन सहितको अस्थाई कोभिड अस्पताल तयार गरी सञ्चालनमा आएको छ ।

कोभिड बिरुद्धको खोप अभियानलाई निरन्तरता दिदै नेपाल सरकारले उपलब्ध गराएको खोप लाई प्रभावकारी ढङ्गले सञ्चालन गरि जम्मा ५०२७ डोज खोप बिभिन्न उमेर समुह अनुसार लगाउने कार्य सम्पन्न गरिएकोछ ।सङ्घिय तथा प्रदेश सरकारसँग समन्वय गरी यस आर्थिक बर्षमा पनि कोभिड खोपको कार्यक्रमलाई निरन्तरता दिईनेछ ।

प्रत्येक वडामा १०० घर परिवारका दरले जम्मा ११०० अति बिपन्न घर परिवारलाई स्वास्थ्य बिमाको कार्यक्रम सञ्चालनमा ल्याईएको
वडा नं ३,८,४ र ९ मा आधारभुत स्वास्थ्य केन्द्र भवन निर्माण कार्य सम्पन्न भई सञ्चालनमा आएको छ । वडा नं ६ मा रहेको महेन्द्रनगर स्वास्थ्य चौकी, वडा नं २ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्र, वडा नं ११ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्र मधुवन र मधुवन आयुर्वेधालयको भवनमा तला थप गरिएको छ साथै वडा नं ४ मा खोप केन्द्रको निर्माण कार्य वडा नं ८ मा रहेको खोप केन्द्रको स्तरोन्नती तथा नयाँ खोप केन्द्र निर्माण सम्पन्न भई सञ्चालनमा आएको छ ।

किसानले उत्पादन गरेको कृषि जन्य पदार्थहरुलाईव्यवस्थित गर्न नगरले प्रदेशको साझेदारीमा वडा नं ६ मा ७० मेट्रिक टन क्षमताको कोल्ड स्टोर निर्माण सम्पन्न गरि सञ्चालनमा आएको छ त्यसैगरि वडा नं ९ स्थित सुन्दर कृषि फर्म र प्रदेश सरकारको साझेदारीमा ४० मेट्रिक टन क्षमताको मिनि कोल्ड स्टोर निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ । त्यसैगरी वडा नं १० मा रहेको अभियान मुखि बहुउद्देश्यिय कृषि फर्म र प्रदेशको साझेदारीमा गोदाम घरको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

कोभिड–१९ का कारण रासायनिक मलको अभाव हुन नदिन साल्ट ट्रेडिङ्ग सँगको समन्वयमा नगरले आवश्यक रासायनिक मलको व्यवस्थापन गर्नका लागि १८ वटा कृषि सहकारीहरुलाई डिलरसिपका लागी व्यवस्था गरिएको छ ।

वराहक्षेत्र नगरपालिकामा रहेका नयाँ इच्छुक माछापालक कृषकहरुलाई बिगतका आ.व.हरुमा प्रति कठ्ठा १० हजार अनुदान दिई ६० लाख बराबरको २० हेक्टर जमिनमा जलाशय पोखरी निर्माण भएका छन। माछा पालना गरिरहेका किसानहरुलाई ८ हेक्टर जमिनमा रहेको पोखरीलाई मर्मत गरिएको छ । जसमा ५० प्रतिशत मुल्य अनुदानमा ३ लाख २० हजार वटा माछाको भुरा बितरण गरिएको छ । वडा नं ११ मा रहेका माछापालन समूहरुलाई प्रोत्साहन गर्न सो क्षेत्रलाई माछा जोन घोषणा गरिएको छ ।

ज.डे.ज मा.वि वडा नं ५ र माछा जोन कार्यान्वयन इकाई सुनसरीको साझेदारीमा हाई–टेक निर्माण कार्य सम्पन्न भएको छ ।त्यसैगरी वराहक्षेत्र वडा नं २ सूर्यकुण्डमा रहेको समिरा एग्रो टेक प्रा.लि र प्रदेश सरकारको सहयोगमा हाई–टेक निर्माण गरी स्ट्रोबेरी खेती सञ्चालनमा आएको छ ।

बालीमा लाग्ने किरा तथा रोग नियन्त्रणका लागि ५० प्रतिशत अनुदानमा ६ सय ६० थान स्प्रेयर ट्याङ्की बितरण गरिएको छ ।
यस क्षेत्रमा रहेका सुख्खा तथा सिँचाई नपुगेका जग्गाहरुमा बैकल्पिक सिँचाइका लागि १० वटा साना सिँचाई कार्यक्रम सञ्चालन भई करिब २० बिघा क्षेत्रफलमा सिँचाईको प्रबन्ध मिलाईएको छ । साथै ६३ थान स्याल्लो ट्युबवेल जडानको सम्झौता भई जडान कार्य भएको छ ।
८६ थान बिद्युतिय पानी तान्ने मोटर को खरिद प्रक्रियालाई अगाडी बढाइएको छ ।

जलवायु अनुकुलित गाउँ कार्यक्रम सञ्चालन लाई वडा नं १ मा ७८ थान प्लाष्टिक टनेल, ४० थान जैविक बिषादी बनाउने भाँडो, ४० सेट थोपा सिँचाई, ४० थान प्लाष्टिक पोखरी, ४० वटा गोठ सुधार कार्यक्रम सञ्चालन भएको छ ।
यस क्षेत्रको भौगोलिक बनावट लाई मध्य नजर गर्दै नगर भित्रको २० स्थानमा माटो परिक्षण गरिएको छ ।

नगरपालिकाले कृषिलाई आधुनिकरण, यान्त्रीकरण तथा उत्पादनमा बृद्धि गर्नका लागि ५० प्रतिशत अनुदानमा ८० थान मकै छोडाउने मेशिन, ३ थान धान काट्ने रिपर र १ थान मिनि कम्बाईन हार्भेष्टर बितरणको तयारी रहेको छ ।

कृषि बजारको व्यवस्थापनका लागि वडा नं ७ बाङ्गे बजारमा ८ कोठे सटर निर्माण सम्पन्न भई सञ्चालनमा आएको छ । त्यसैगरी वडा नं ३ बाङ्गे बजारमा १० कोठे कृषि टहराको निर्माण कार्य सम्पन्न हुन लागेको छ ।

प्रत्येक वडामा माटो परिक्षणको कार्यलाई सञ्चालन गर्दै माटो अनुसारको बाली सिफारिस गरि किसानलाई परिचय पत्र बितरण गर्ने कार्यको थालनी गरिदैछ ।

बाली रोग तथा माटोहरुको बिश्लेषण गर्नका लागि नगरपालिकाले कृषि ल्याब भवनलाई पूर्ण सञ्चालनमा ल्याउन ल्यावका लागि आवश्यक सामाग्रीहरुको खरिद प्रक्रियालाई अगाडी बढाइ यसै आ.व.मा सम्पन्न गरिनेछ ।

भौतिक पूर्वाधार विकासको क्षेत्रमा समानुपातिक र सन्तुलित ढङ्गबाट विकासको प्रक्रियालाई अगाडि बढाउन स्थानीय निर्वाचन क्षेत्र केन्द्रित सडकहरुको निर्माण कार्यलाई अगाडि वढाइएको छ । स्थानीय सरकारको निर्वाचन भै पदबहाली भए पश्चात हाल सम्म १० किलोमिटर ६ सय मिटर कालो पत्रे निर्मण कार्य सम्पन्न भई २.५ किलोमिटर निर्माणाधिन अवस्थामा रहेको छ । १३ किलोमिटर ७ सय मिटर ड्रेन निर्माण, ४४ वटा कल्भर्ट निर्माण, ३ वटा ट्रस ब्रिज निर्माण, ३१ वटा बिभिन्न किसिमका भवनहरुको निर्माण सम्पन्न भएका छन। यस नगरमा रहेका बिभिन्न खोलाहरुको कटान नियन्त्रणका लागि जम्मा १३ सय मिटर क्रेटिङ्ग निर्माण,१४.२ किलोमिटर नयाँ ट्रयाक ओपन,१० ओटा शौचालय निर्माण तथा ४९ वटा बिभिन्न मन्दिर÷बिद्यालय÷सङ्घ सँस्था भवन मर्मत तथा निर्माण कार्य सम्पन्न भएका छन ।
स्थानीय सरकारको गौरवको आयोजनाको रुपमा रहेको लिङ्क रोड,चक्रघट्टी–वराहक्षेत्र मन्दिर सम्मको सडक तथा नगरबाट राष्ट्रिय राजमार्ग जोड्ने सडकहरुको डि.पि.आर. भई क्रमागत रुपमा निर्माण कार्य अगाडी बढीरहेको छ ।

सेवाग्राहीको चाँप लाई मध्यनजर गर्दै नगरपालिकाले थप १ वटा नगर प्रशासनीक भवनको निर्माण कार्य सम्पन्न गरेको छ ।
साविकका गाउँ विकास समितिहरुमा हरित पार्क निर्माणको अवधारणालाई आत्मासाथ गर्दै प्रदेश सरकारको सहयोगमा वडा नं ६ मा रहेको महेन्द्रनगर सेक्टर बनको जग्गामा घेराबेराको लागी पर्खाल लगाउने कार्य सम्पन्न भएको छ । आगामी बर्ष पनि प्रदेश सरकारको सहयोगमा थप भौतिक संरचनाहरुको निर्माण कार्य गरिनेछ ।

“गाउँ गाउँमा सिँहदरबार“ भन्ने मुल नारालाई आत्मासाथ गर्दै वडा नं ६ बाहेक हालसम्म १० वटा नयाँ वडाको बेग्लै प्रशासनीक भवन निर्माण कार्य सम्पन्न भएको छ । यस आ.व. वडा नं ६ को प्रशासनीक भवनको निर्माण कार्यको शुरुवात गरिनेछ । वडा नं १० को वडा कार्यालयको क्षमता बढाउनका लागी वडा कार्यालयको भवन माथी १ तला थप गरिएको छ ।

सङ्घीय सरकारको सहयोगमा वडा नं २ मा यूवाहरुका लागि जिम हलको निर्माण कार्य सम्पन्न भएको छ । वडा नं ३ जिम हलको निर्माण कार्यको शुरुवात भएको छ । त्यसैगरी वडा नं ९ र वडा नं ५ मा कबर्डहल निर्माण कार्य सम्पन्न भएको छ ।
वराहक्षेत्र वडा नं ८ तेह्रथुमे टोलमा औद्योगिक ग्राम निर्माण गर्न ठेक्का सम्झौता भएर काम अगाडी बढिरहेको अवस्थामा बन ऐनको कारणले हाललाई सो कार्य रोकिएको छ । यस आ.व.मा उक्त ग्राम निर्माण कार्य सम्पन्न गर्नका लागि सरोकारवाला निकायहरु सँग समन्वय गरी कार्य अगाडी बढाइनेछ ।

नगर र वडामा रहेका परम्परागत प्रशासनीक कार्यहरुलाई डिजिटल प्रणालीमा रुपान्तरण गरिएको छ । हरेक वडामा अनलाईन प्रविधिबाट सामाजिक सुरक्षा भत्ता, व्यक्तिगत घट्ना दर्ता तथा राजश्व उठाउने प्रणालीको शुरुवात गरिएको छ ।

नागरिकहरु प्रति उत्तरदायि स्थानीय सरकारको भुमिका साथै नगर क्षेत्रको सूचना सेवा प्रवाहमा प्रभावकारिता,पारदर्शिता र जवाफबदेयिता बृद्धि गर्नका लागि बिगत ४ बर्षमा २ पटक सार्वजनिक सुनुवाई (कोभिड कारण पछिल्लो २ बर्ष गर्न नसकेको) गरिएको छ ।
साथै कर्मचारीहरुको दैनिक हाजिरीलाई व्यवस्थापन गर्न ई–हाजिरीको व्यवस्थापन गरिएको छ (हाल कोभिडका कारण यो सेवा बन्द गरिएको छ) । यसै गरी प्रत्येक वडाहरुमा तथा चक्रघट्टी बजार, कालाबञ्जर बजार र प्रकाश पुर बजारमा सिसी क्यामेरा जडान कार्य सम्पन्न भएको छ ।

नगरका बिपन्न तथा पिछडिएका जनताका लागि कार्यान्वयन भएको जनता आवास कार्यक्रम अन्तर्गत वराहक्षेत्र वडा नं ४ मा ७७ वटा घर निर्माण भई २९ वटा घर हस्तान्तरण हुन बाँकी रहेको छ । फुसको छानालाई बिस्थापित गर्न प्रत्येक वडामा रहेका ५५१ लाभग्राहीहरु को निवेदन स्वीकृत गरी हाल सम्म ३३९ जना परिवारहरु सँग सम्झौता भई २३३ जना परिवारहरुको पहिलो किस्ता बापतको रकम बैङ्क मार्फत भुक्तानी गरिसकिएको छ ।

नगरपालिकाको वडा नं ६ मा जोखिम परेका महिला तथा बालबालिकाका लागि सुरक्षित आवास गृह (सेफ हाउस) को निर्माण सम्पन्न भई सञ्चालनमा आएको छ ।
वडा नं ९ नगर बिपद सुरक्षित आवास गृह निर्माण सम्पन्न गरिएको छ ।
विकास निर्माण र सामाजिक सेवाका क्षेत्रमा बिशेषज्ञ जनशक्तिको अभाव रहदै आएको छ । सोही अनुसार वराहक्षेत्र वडा नं ५ को ज.डे.जा. माविमा कृषि सम्बन्धी तथा वडा नं २ आदर्श मा.विमा इलेक्ट्रिकल बिषय सम्बन्धी प्राविधिक शिक्षा पठन पाठनको शुरुवात भएको छ ।

बिद्यालयहरुमा शिक्षण सिकाइमा आइसीटी)को प्रयोगका लागि अनुदान कार्यक्रम अन्तर्गत आधारभुत तहमा सञ्चालित बिद्यालयहरुमा १८ थान डेस्कटप कम्प्युटर तथा प्रिन्टर प्रदान गरिएको छ ।

प्राविधिक शिक्षामा बिद्यार्थीको पँहुच बिस्तारका लागि आदर्श मा.वि.वडा नं २ र ज.डे.जा. मा.वि. वडा नं ५ मा नगरको अक्षयकोषको स्थापना गरि प्राविधिक छात्र छात्राहरुका लागि छात्रबृत्ति प्रदान गर्न रकम निकासा गरिएको छ ।

नमुना मन्टेश्वरी कक्षा व्यवस्थापन, बालबिकासलाई सिकाइ मैत्री र बालमैत्री बिद्यालय निर्माणका लागि १० वटा बिद्यालयहरुमा कम्तिमा १–१ वटा स्मार्ट टिभी तथा अन्य सिकाई सामाग्रीहरुको व्यवस्थापनका लागि बिद्यालयहरुलाई अनुदान प्रदान गरिएको छ ।
अति बिपन्न समुदायका बिद्यार्थीहरुका लागि प्राविधिक शिक्षामा सहयोग पुर्याउने हेतुले प्राविधिक शिक्षा अध्ययनरत अति बिपन्न बिद्यार्थीहरुका लागि छात्रबृत्ति प्रदान गरिएको छ ।

महिलाहरुको क्षमता अभिबृद्धि कार्यक्रम अन्तर्गत महिला शिक्षा, कानुनी शिक्षा, महिला हिँसा, बिरुद्धको सचेतना कार्यक्रम सञ्चालन गरि वडा नं १ मा अनाथ महिला सेवा आश्रम भवन निर्माण सम्पन्न भएको छ ।

अपङ्गगता रोकथाम तथा पुर्नःस्थापना कार्यक्रम अन्तर्गत प्रदेश सरकार सामाजिक विकास मन्त्रालय, करुणा फाउण्डेशन र वराहक्षेत्र नगरपालिकाको सहकार्यमा सुस्त श्रवण भएका १८ जना व्यक्तिहरुलाई श्रवण यन्त्र, १२ थान ट्राईसाइकल तथा ८५ थान बिभिन्न सहायक सामाग्रीहरु (व्हीलचेयर, कमोड चेयर,ह्वाइट केन बैशाखी छडी) बितरण गरिएको छ ।

वराहक्षेत्र नगरपालिका अन्तर्गत रहेका ८५ बिद्यालयहरुमा १० बर्ष मुनिका १७ हजार ५ सय ६४ जना बालबालिकाहरु मध्ये १ सय ६० जनालाई चस्मा प्रदान, ४२ जनालाई आँखाको औषधी बितरण तथा बिराटनगर आँखा अस्पतालको सहकार्यमा ४ जना लाई आँखाको अपरेसन गर्नका लागी सहयोग गरिएको छ ।

ग्रामिण पर्यटन प्रवर्द्धनका लागि वराहक्षेत्र वडा नं १ मा होम स्टे सञ्चालनमा अनुदान प्रदान गरि प्रोत्साहन गरिएको छ ।
आ.व.०७७/०७८ मा यस नगरपालिकामा जम्मा २६६ जना सूचिकृत बेरोजगारहरुलाई प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत औषत ८० दिनको रोजगारी नगरपालिकाले प्रदान गरिएको छ । जस अन्तर्गत नगर क्षेत्रमा रहेका ४२.९७ किमी सिँचाई पैनी सरसफाई तथा मर्मत, ५.०४ किमी पक्की ड्रेनको सरसफाई, ११.३१ किमी नाला सफाई, ५ सय मिटर नयाँ नाला खन्ने र २.१८ किमी नयाँ बाटो खन्ने कार्य सम्पन्न भएको छ ।

आ.व. ०७५/०७६ मा आन्तरिक आय ३ करोड ७७ लाख १५ हजार अनुमान गरिएकोमा आन्तरिक आय ६ करोड ९९ लाख ७५ हजार ६ सय ७७ रुपैया ४४ पैसा यथार्थ आम्दानी गरिएको छ ।आ.व. ०७६÷०७७ को यथार्थ आन्तरिक आय ८ करोड ४८ लाख ९४ हजार ६७ रहेको छ र आ.व. ०७७/०७८ को जेठ सम्मको आन्तरिक आय ६ करोड ९१ लाख ५७ हजार २ सय ५५ रुपैया भएकोमा प्रदेश सरकारलाई ढुङ्गा, गिट्टीको ४० प्रतिशतको रु १ करोड २६ लाख३६ हजार फिर्ता गरि कुल यथार्थ आम्दानी रु ५ करोड ६५ लाख २१ हजार २ सय ५५ रहेको छ ।

Tags: प्रगति विवरणबराहक्षेत्र नगरपालिका

Related Posts

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र
समाचार

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

15/08/2025
झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
समाचार

सुनसरीको हरिनगरमा गोली प्रहार गरी सालीको हत्या

14/07/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

बढ्यो पेट्रोल र डिजेलको मूल्य

15/06/2025
इजरायल र इरानमा रहेका सबै नेपाली सुरक्षितः परराष्ट्र मन्त्रालय
FEATURE

इजरायल र इरानमा रहेका सबै नेपाली सुरक्षितः परराष्ट्र मन्त्रालय

15/06/2025
Next Post
प्रतिबन्धित औषधीसहित धरानबाट एक पक्राउ

प्रतिबन्धित औषधीसहित धरानबाट एक पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

  • हाम्राे टीम
  • विज्ञापन
  • राशिफल
  • Checkout
  • My account
  • Login/Register
  • Checkout – urban_observer
  • My Account – urban_observer
  • Login/Register – urban_observer
  • Switching plans wizard
  • Modal Mobile Menu
  • Modal Newsletter
  • Modal Desktop
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.