Saturday, November 8, 2025
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home समाचार

बराहक्षेत्रमा कोरोना व्यवस्थापनका लागि भएका प्रयास

कोरोना गाइडलाइनलाई कडाईका साथ पालना गरौं

खबरबिट by खबरबिट
27/06/2021
in समाचार
0
बराहक्षेत्रमा एकैदिन थपिए एक पत्रकारसहित ५८ जना संक्रमित, कुन वडामा कति संक्रमित ?
174
VIEWS
Share on FacebookShare on Twitter

हिमाल राई / बराहक्षेत्र : गत एक वर्ष अघिदेखि विश्व ईतिहासको सबैभन्दा घातक महामारी नोवेल कोरोना भाइरस कोभिड–१९ महामारीले मानव जातीलाई त्रसित बनाएको छ । १७ महिनाको लामो समय बितिसक्दा समेत संक्रमण निर्मूल हुनुको बदलामा विभिन्न रुप परिर्वतन गर्दै सारा संसारलाई आफ्नो कालको ग्रास बनाउन अझै उद्धत देखिन्छ ।

दुई वर्ष अगाडि २०७६ साल माघ १६ गते चिनको हुबेई प्रान्तको राजधानि वुहानबाट फैलिएको कोभिड–१९ ले विस्तारै सम्पूर्ण विश्वलाई संक्रमित बनायो ।

READ ALSO

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

यसबाट नेपाल पनि अछुतो रहन सकेन । बालक, युवा,महिला, पुरुष र वृद्ध वद्धा कोरोनाले पीडित छन् । लाखौंले ज्यान गुमाएका छन् भने धेरैले जीवनका लागि भाइरससँग लडिरहेका छन् ।

महामारीले बराहक्षेत्र नगरपालिकालाई पनि अफ्नो शिकार बनायो । एक, दुई हँुदै सुरु भएको महामारी वित्रताले, गुणनफल गतिमा बढेर पुरै नगरपालिकालाई संक्रमित बनाएको छ ।

नगरमा संक्रमण फैलिन नदिनका नगरपालिकाले तत्काल पहल गर्दै विभिन्न कदम उठाएको र सुरक्षा उपायहरु लागू गरिएको नगरप्रमुख निलम खनालले बताए ।

कोभिड संक्रमण फैलिएको पहिलो वर्षको सुरुवातमा कोरोनाबाट कसरी बच्ने भनेर नगरवासीलाई सूचना दिने, विभिन्न माध्यमबाट प्रचार प्रसार गर्ने र नगरको ११ वटै वार्डमा माईकिङ्ग गरिएको थियो ।

नपाको चतरा स्थित रामानन्दाचार्य सेवापीठमा प्रदेश सरकारले यसैगरी नपाले महेनद्रनगर, भरौल, प्रकाशपुर तथा मधुवनमा आइसोलेसन सेन्टर स्थापना गरेको थियो । केही समय सेवापीठमा हाल्डिङ्ग सेन्टर समेत सञ्चालन गरियो ।

संक्रमण दर बढ्दै गएपछि नगरपालिकामा अनिवार्य मास्कको प्रयोग गर्नुपर्ने, एक जिल्लाबाट अर्को जिल्लाको यातायातमा रोक लगाउन चतराको कोशी पुल, छिमेकी कोशी गाउँपालिका लगायत विभिन्न नाकामा कोभिड–१९ पोष्ट खडा गरिएको थियो ।

काम विशेषले गर्दा प्रशासनबाट अति जरुरी पास लिएर आएकोलाई तापक्रम नापेर अनुकल भए मात्र नपामा प्रवेश गर्न दिएको खनालले बताए ।

पहिलो चरणमा कोभिडलाई बुझ्दैमा बितेको थियो, केही सम्हालिन नपाउँदै लगत्तै आएको दोश्रो चरणको लहरले बढी आक्रमक ढंगमा नपाको प्रत्येक गाउँ टो लाई संक्रमित बनायो ।

कोरोनाको दोश्रो लहरबाट नगरवासीलाई बचाउन यस पटक भने सुरुदेखि तादरुकता देखाउँदै माइकिङ्गबाट सूचना दिने कामलाई जारी राखियो ।

शंका लागेका अथवा कोरोनाको लक्षण देखिएकाहरुलाई वार्ड वार्डमा गएर दु्रत परीक्षण विधि र आरटी पिसीआर रिवर्स टं«ासक्रिप्सन पोलीमेरेज चेन रियक्सन) जाँचलाई निरन्तरता दिइएको, नगरको जन स्वास्थ्य निरीक्षक उमेश मेहताले बताए ।

नपामा जेष्ठ नागरिक लगायत अन्य नागरिकलाई कोरोना भाइरस विरुद्धको खोप कोभिसिल्ड र भेरोसिललाई दुई चरणमा लगाइएको थियो ।

यता नगरपालिका र निजि दुबैले कोभिडको लकडाउनमा दैनिक मजदुरी गर्ने विपन्नलाई खाद्यान राहत वितरण समेत गरेका थिए । नगरपालिकाले वार्ड पिच्छे परिवारलाई चामल, दाल, तेल, नुन, आलु र सोयाबीन खाद्यान उपलब्ध गराएको थियो ।

स्वःस्फूर्त रुपमा गठन भएका युवाको समूहले पहिलो तथा दोश्रो चरणमा मजदुरहरु लाई खाद्यान सामाग्री उपलब्ध गराएको छ । कतिपय युवाले संक्रमितको घर घरमा गएर औषधी छर्कने, कोरोनाको बिरामीलाई मास्क, सेनीटाइजर, विटामिन सी, टाउको र जिउ दुख्ने तथा ज्वरो रोक्ने चक्की (ट्याबलेट) बाँडेका थिए ।

काठमाडौको बोधिसत्व विहार बुढानिलकण्ठ संस्थाले साढे पाँच लाख रुपैयाँ बराबरको
अक्सिजन कन्सन्ट्रेटर ३ थान र स्वास्थ्य परिक्षण सामाग्री वार्ड नं २ स्थित प्राथमिक स्वास्थ्य केन्द्र चतरालाई प्रदान गरेको थियो ।

स्थानीय पत्रकार मार्फत सूमि राई लिम्बु, बोधिसत्व संस्थाका मास्टर शन्त शर्मा र तिलक बस्नेतले स्वास्थ्य केन्द्रलाई गरेको सहयोगकोमा, केन्द्रका व्यवस्थापन प्रमुख डाक्टर अनिल गिरीले आभार प्रकट गरे ।

सन् २०१९ को डिसेम्बर महिनामा मा वुहानमा भेटिएको नोवेल कोरोना भाइरस कोभिड–१९ लाई विश्व स्वास्थ्य संगठनले जनवरी महिनामा अन्तर्राष्ट्रिय स्वास्थ्य आपातकाल र ३ महिना ११ मार्चमा मात्र महामारी घोषणा गरेको थियो ।

भाइरसको संक्रमणबाट बच्न जिल्ला स्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, सुनसरीले जारी गरेको सूचना अनुसार लकडाउनलाई नगरपालिकाले पनि लागु गर्यो ।
चरणबद्ध गरिएको लकडाउनलाई आम जनताले केही समय त पालन गरे, तर पछि वेवास्ता गरे । मानवीय संकटको घडीमा मास्क नलगाउने, विवाह र भोजभतेरमा भिड जम्मा गरेर लापरबाही समेत गरिएको पाइएको थियो ।

यसले गर्दा पुरा नगरपालिका कोरोनामय बन्यो र यसको भाइरस नपावासीको घर घरमा सजिलै प्रवेश पायो । फैलिएको महामारीबाट करिब २ दर्जन भन्दा बढी संक्रमितहरुले ज्यान गुमाएका थिए । जसमा जेष्ठ महिलाहरुको संख्या बढि रहेको नगरपालिका स्वास्थ्य शाखाको तथ्यांक रहेको छ ।

नगरमा संक्रमितहरुको यकिन संख्या यति हो भन्न गाहे छ, किनभने कोरोना महामारी अझै सक्रिय छ । संक्रमितको लागि चक्रघट्टीको सप्तकोशी कलेजमा बनाइएको आइसोलेसन सेन्टरमा भर्ना भएको ६५ जना संक्रमितहरु ५० जना निको भएर घर गएका छन् ।

सेन्टरमा २ र बाहिर रेफर गरिएको १ जना गरि ३ कोभिड बिरामीको मृत्यु भएको र सेन्टरमा अहिले ७ जना रहेको प्रमुख अहेब प्रमोद यादवले जानकारी दिए । नगरमा अहिलेसम्म करिब पाँच सय ५२ जनाको स्वास्थ्य परीक्षण गरिइएको छ भने नगरवासीलाई दुई चरणमा केही खोप लगाइएको छ ।

हाल सम्म कोभिड–१९ कोरोनाभाइरसले विश्वमा करिव १८ करोड मानिस संक्रमित भएका छन् तथा ३८ लाख ८० हजारले ज्यान गुमाएका छन् । कोरोना महामारीको विभिषिका वाट पार पाउँन सम्पूर्ण विश्व समुदाय युद्ध स्तरमा लागेका छन् ।

विकसित देशहरु अमेरिका र रुस, जापान, ब्रिटेन र जर्मनी यसैगरी छिमेकी भारत र चिनले फाइजर, मडर्ना, स्पुनिक, कोभिसील्ड, कोभ्याक्सीन र भेरोसेल खोपको विकास गरेका छन्, त्यसमध्ये कोभिसिल्ड र भेरोसेल नेपालमा आएका छन् । तर सबैले खोप लगाउन पाएका छैनन् ।

विभिन्न भेरियन्टको कोरोनाभाइरस आउने क्रम जारी छ । यसै क्रममा बढी असरदार र धेरै समयसम्म टिक्ने डेल्टाप्लस भेरियन्ट, नेपाल लगायत अमेरिका, भारत, जापान, रुस, ब्रिटेन, स्वीजरल्यान्ड र पोर्चुगलमा आएको छ ।

पहिलो र दोश्रो लहरले पस्त बनाएको मानवजातीलाई कार्यशैली परिवर्तन गरेर आइरहेको, कोरोना महामारीबाट विश्वले कहिले उन्मुक्ति पाउने हो कुनै निश्चित छैन ।

मानवजातीको संकट महामारीत्राट पार लगाउन चिकित्सकले बारम्बार भनिरहेको सबैभन्दा उत्तम र असरदार उपाय भनेको कोरोना प्रोटोकोललाई मान्नु नै हो ।

जुन भनेको २ मिटरको व्यक्तिगत दुरी बनाएर अनिवार्य मास्कको प्रयोग गर्नु, पटक पटक २० सेकेन्डसम्म साबुनपानीले हात धुने र अतिआवश्यक काम हुँदा मात्र घर बाहिर जाने नियमलाई, इमान्दारीका साथ मान्ने हो कोरोनोलाई हराउन सकिन्छ ।

कोभिड–१९ कोरोना लाई परास्त गर्न कडाईका साथ कोरोना गाइडलाइनलाई पालन गरौं, आफु बचौं, अरुलाई बचाऔं ।

Tags: काेभिड १९बराहक्षेत्रबराहक्षेत्र नगरपालिका

Related Posts

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र
समाचार

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

15/08/2025
झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
समाचार

सुनसरीको हरिनगरमा गोली प्रहार गरी सालीको हत्या

14/07/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

बढ्यो पेट्रोल र डिजेलको मूल्य

15/06/2025
इजरायल र इरानमा रहेका सबै नेपाली सुरक्षितः परराष्ट्र मन्त्रालय
FEATURE

इजरायल र इरानमा रहेका सबै नेपाली सुरक्षितः परराष्ट्र मन्त्रालय

15/06/2025
Next Post
साउन २६ गतेसम्मका लागि सुनसरी जिल्ला निषेधित क्षेत्र घोषणा

सुनसरीमा असार २२ गतेसम्म निषेधाज्ञा थपियो (आदेशसहित)

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

  • हाम्राे टीम
  • विज्ञापन
  • राशिफल
  • Checkout
  • My account
  • Login/Register
  • Checkout – urban_observer
  • My Account – urban_observer
  • Login/Register – urban_observer
  • Switching plans wizard
  • Modal Mobile Menu
  • Modal Newsletter
  • Modal Desktop
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.