Monday, February 16, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home समाचार

बराहक्षेत्रमा कोरोना व्यवस्थापनका लागि भएका प्रयास

कोरोना गाइडलाइनलाई कडाईका साथ पालना गरौं

खबरबिट by खबरबिट
27/06/2021
in समाचार
0
बराहक्षेत्रमा एकैदिन थपिए एक पत्रकारसहित ५८ जना संक्रमित, कुन वडामा कति संक्रमित ?
178
VIEWS
Share on FacebookShare on Twitter

हिमाल राई / बराहक्षेत्र : गत एक वर्ष अघिदेखि विश्व ईतिहासको सबैभन्दा घातक महामारी नोवेल कोरोना भाइरस कोभिड–१९ महामारीले मानव जातीलाई त्रसित बनाएको छ । १७ महिनाको लामो समय बितिसक्दा समेत संक्रमण निर्मूल हुनुको बदलामा विभिन्न रुप परिर्वतन गर्दै सारा संसारलाई आफ्नो कालको ग्रास बनाउन अझै उद्धत देखिन्छ ।

दुई वर्ष अगाडि २०७६ साल माघ १६ गते चिनको हुबेई प्रान्तको राजधानि वुहानबाट फैलिएको कोभिड–१९ ले विस्तारै सम्पूर्ण विश्वलाई संक्रमित बनायो ।

READ ALSO

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

यसबाट नेपाल पनि अछुतो रहन सकेन । बालक, युवा,महिला, पुरुष र वृद्ध वद्धा कोरोनाले पीडित छन् । लाखौंले ज्यान गुमाएका छन् भने धेरैले जीवनका लागि भाइरससँग लडिरहेका छन् ।

महामारीले बराहक्षेत्र नगरपालिकालाई पनि अफ्नो शिकार बनायो । एक, दुई हँुदै सुरु भएको महामारी वित्रताले, गुणनफल गतिमा बढेर पुरै नगरपालिकालाई संक्रमित बनाएको छ ।

नगरमा संक्रमण फैलिन नदिनका नगरपालिकाले तत्काल पहल गर्दै विभिन्न कदम उठाएको र सुरक्षा उपायहरु लागू गरिएको नगरप्रमुख निलम खनालले बताए ।

कोभिड संक्रमण फैलिएको पहिलो वर्षको सुरुवातमा कोरोनाबाट कसरी बच्ने भनेर नगरवासीलाई सूचना दिने, विभिन्न माध्यमबाट प्रचार प्रसार गर्ने र नगरको ११ वटै वार्डमा माईकिङ्ग गरिएको थियो ।

नपाको चतरा स्थित रामानन्दाचार्य सेवापीठमा प्रदेश सरकारले यसैगरी नपाले महेनद्रनगर, भरौल, प्रकाशपुर तथा मधुवनमा आइसोलेसन सेन्टर स्थापना गरेको थियो । केही समय सेवापीठमा हाल्डिङ्ग सेन्टर समेत सञ्चालन गरियो ।

संक्रमण दर बढ्दै गएपछि नगरपालिकामा अनिवार्य मास्कको प्रयोग गर्नुपर्ने, एक जिल्लाबाट अर्को जिल्लाको यातायातमा रोक लगाउन चतराको कोशी पुल, छिमेकी कोशी गाउँपालिका लगायत विभिन्न नाकामा कोभिड–१९ पोष्ट खडा गरिएको थियो ।

काम विशेषले गर्दा प्रशासनबाट अति जरुरी पास लिएर आएकोलाई तापक्रम नापेर अनुकल भए मात्र नपामा प्रवेश गर्न दिएको खनालले बताए ।

पहिलो चरणमा कोभिडलाई बुझ्दैमा बितेको थियो, केही सम्हालिन नपाउँदै लगत्तै आएको दोश्रो चरणको लहरले बढी आक्रमक ढंगमा नपाको प्रत्येक गाउँ टो लाई संक्रमित बनायो ।

कोरोनाको दोश्रो लहरबाट नगरवासीलाई बचाउन यस पटक भने सुरुदेखि तादरुकता देखाउँदै माइकिङ्गबाट सूचना दिने कामलाई जारी राखियो ।

शंका लागेका अथवा कोरोनाको लक्षण देखिएकाहरुलाई वार्ड वार्डमा गएर दु्रत परीक्षण विधि र आरटी पिसीआर रिवर्स टं«ासक्रिप्सन पोलीमेरेज चेन रियक्सन) जाँचलाई निरन्तरता दिइएको, नगरको जन स्वास्थ्य निरीक्षक उमेश मेहताले बताए ।

नपामा जेष्ठ नागरिक लगायत अन्य नागरिकलाई कोरोना भाइरस विरुद्धको खोप कोभिसिल्ड र भेरोसिललाई दुई चरणमा लगाइएको थियो ।

यता नगरपालिका र निजि दुबैले कोभिडको लकडाउनमा दैनिक मजदुरी गर्ने विपन्नलाई खाद्यान राहत वितरण समेत गरेका थिए । नगरपालिकाले वार्ड पिच्छे परिवारलाई चामल, दाल, तेल, नुन, आलु र सोयाबीन खाद्यान उपलब्ध गराएको थियो ।

स्वःस्फूर्त रुपमा गठन भएका युवाको समूहले पहिलो तथा दोश्रो चरणमा मजदुरहरु लाई खाद्यान सामाग्री उपलब्ध गराएको छ । कतिपय युवाले संक्रमितको घर घरमा गएर औषधी छर्कने, कोरोनाको बिरामीलाई मास्क, सेनीटाइजर, विटामिन सी, टाउको र जिउ दुख्ने तथा ज्वरो रोक्ने चक्की (ट्याबलेट) बाँडेका थिए ।

काठमाडौको बोधिसत्व विहार बुढानिलकण्ठ संस्थाले साढे पाँच लाख रुपैयाँ बराबरको
अक्सिजन कन्सन्ट्रेटर ३ थान र स्वास्थ्य परिक्षण सामाग्री वार्ड नं २ स्थित प्राथमिक स्वास्थ्य केन्द्र चतरालाई प्रदान गरेको थियो ।

स्थानीय पत्रकार मार्फत सूमि राई लिम्बु, बोधिसत्व संस्थाका मास्टर शन्त शर्मा र तिलक बस्नेतले स्वास्थ्य केन्द्रलाई गरेको सहयोगकोमा, केन्द्रका व्यवस्थापन प्रमुख डाक्टर अनिल गिरीले आभार प्रकट गरे ।

सन् २०१९ को डिसेम्बर महिनामा मा वुहानमा भेटिएको नोवेल कोरोना भाइरस कोभिड–१९ लाई विश्व स्वास्थ्य संगठनले जनवरी महिनामा अन्तर्राष्ट्रिय स्वास्थ्य आपातकाल र ३ महिना ११ मार्चमा मात्र महामारी घोषणा गरेको थियो ।

भाइरसको संक्रमणबाट बच्न जिल्ला स्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, सुनसरीले जारी गरेको सूचना अनुसार लकडाउनलाई नगरपालिकाले पनि लागु गर्यो ।
चरणबद्ध गरिएको लकडाउनलाई आम जनताले केही समय त पालन गरे, तर पछि वेवास्ता गरे । मानवीय संकटको घडीमा मास्क नलगाउने, विवाह र भोजभतेरमा भिड जम्मा गरेर लापरबाही समेत गरिएको पाइएको थियो ।

यसले गर्दा पुरा नगरपालिका कोरोनामय बन्यो र यसको भाइरस नपावासीको घर घरमा सजिलै प्रवेश पायो । फैलिएको महामारीबाट करिब २ दर्जन भन्दा बढी संक्रमितहरुले ज्यान गुमाएका थिए । जसमा जेष्ठ महिलाहरुको संख्या बढि रहेको नगरपालिका स्वास्थ्य शाखाको तथ्यांक रहेको छ ।

नगरमा संक्रमितहरुको यकिन संख्या यति हो भन्न गाहे छ, किनभने कोरोना महामारी अझै सक्रिय छ । संक्रमितको लागि चक्रघट्टीको सप्तकोशी कलेजमा बनाइएको आइसोलेसन सेन्टरमा भर्ना भएको ६५ जना संक्रमितहरु ५० जना निको भएर घर गएका छन् ।

सेन्टरमा २ र बाहिर रेफर गरिएको १ जना गरि ३ कोभिड बिरामीको मृत्यु भएको र सेन्टरमा अहिले ७ जना रहेको प्रमुख अहेब प्रमोद यादवले जानकारी दिए । नगरमा अहिलेसम्म करिब पाँच सय ५२ जनाको स्वास्थ्य परीक्षण गरिइएको छ भने नगरवासीलाई दुई चरणमा केही खोप लगाइएको छ ।

हाल सम्म कोभिड–१९ कोरोनाभाइरसले विश्वमा करिव १८ करोड मानिस संक्रमित भएका छन् तथा ३८ लाख ८० हजारले ज्यान गुमाएका छन् । कोरोना महामारीको विभिषिका वाट पार पाउँन सम्पूर्ण विश्व समुदाय युद्ध स्तरमा लागेका छन् ।

विकसित देशहरु अमेरिका र रुस, जापान, ब्रिटेन र जर्मनी यसैगरी छिमेकी भारत र चिनले फाइजर, मडर्ना, स्पुनिक, कोभिसील्ड, कोभ्याक्सीन र भेरोसेल खोपको विकास गरेका छन्, त्यसमध्ये कोभिसिल्ड र भेरोसेल नेपालमा आएका छन् । तर सबैले खोप लगाउन पाएका छैनन् ।

विभिन्न भेरियन्टको कोरोनाभाइरस आउने क्रम जारी छ । यसै क्रममा बढी असरदार र धेरै समयसम्म टिक्ने डेल्टाप्लस भेरियन्ट, नेपाल लगायत अमेरिका, भारत, जापान, रुस, ब्रिटेन, स्वीजरल्यान्ड र पोर्चुगलमा आएको छ ।

पहिलो र दोश्रो लहरले पस्त बनाएको मानवजातीलाई कार्यशैली परिवर्तन गरेर आइरहेको, कोरोना महामारीबाट विश्वले कहिले उन्मुक्ति पाउने हो कुनै निश्चित छैन ।

मानवजातीको संकट महामारीत्राट पार लगाउन चिकित्सकले बारम्बार भनिरहेको सबैभन्दा उत्तम र असरदार उपाय भनेको कोरोना प्रोटोकोललाई मान्नु नै हो ।

जुन भनेको २ मिटरको व्यक्तिगत दुरी बनाएर अनिवार्य मास्कको प्रयोग गर्नु, पटक पटक २० सेकेन्डसम्म साबुनपानीले हात धुने र अतिआवश्यक काम हुँदा मात्र घर बाहिर जाने नियमलाई, इमान्दारीका साथ मान्ने हो कोरोनोलाई हराउन सकिन्छ ।

कोभिड–१९ कोरोना लाई परास्त गर्न कडाईका साथ कोरोना गाइडलाइनलाई पालन गरौं, आफु बचौं, अरुलाई बचाऔं ।

Tags: काेभिड १९बराहक्षेत्रबराहक्षेत्र नगरपालिका

Related Posts

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने
समाचार

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

26/01/2026
शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र
समाचार

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

15/08/2025
झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
समाचार

सुनसरीको हरिनगरमा गोली प्रहार गरी सालीको हत्या

14/07/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

बढ्यो पेट्रोल र डिजेलको मूल्य

15/06/2025
Next Post
साउन २६ गतेसम्मका लागि सुनसरी जिल्ला निषेधित क्षेत्र घोषणा

सुनसरीमा असार २२ गतेसम्म निषेधाज्ञा थपियो (आदेशसहित)

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.