Monday, December 8, 2025
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home प्रदेश खबर

प्रदेश १ मुख्यमन्त्री आकांक्षीमा एमालेका कार्की र मेन्याङ्बोकाे नाम अग्रस्थानमा

आशिष काफ्ले by आशिष काफ्ले
04/12/2022
in प्रदेश खबर, मुख्य समाचार, समाचार
0
प्रदेश १ मुख्यमन्त्री आकांक्षीमा एमालेका कार्की र मेन्याङ्बोकाे नाम अग्रस्थानमा
120
VIEWS
Share on FacebookShare on Twitter

सुनसरी । प्रदेश नं. १ मा यतिबेला सबैको चासो मुख्यमन्त्री र सभामुख बन्न चाहने आकांक्षीहरूको बारेमा चर्चा चल्न थालेको छ । ७ प्रदेशमध्ये प्रदेश १ मा सत्ता गठबन्धनलाई पछि पार्दै नेकपा एमाले, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बीचको चुनावी गठबन्धनले बहुमत प्राप्त गरेपछि विशेष गरी एमालेमा प्रमुख पदको दावेदारी सुरु भएको छ ।

निर्वाचन आयोगबाट प्रदेश र प्रतिनिधिसभा सदस्य र समानुपातिकतर्फको मत दलहरूले पाएको बारेमा समग्ररुपमा अन्तिम परिणाम सार्वजनिक गर्न बाँकी नै रहेतापनि प्रदेश १ को सरकार गठनको प्रारम्भिक ‘सिनारियो’ भने शुक्रबार समानुपातिकतर्फको मतगणना सम्पन्न भएपछि एमाले नेतृत्वको सरकार गठनमा मुख्यमन्त्री र सभामुख बन्ने उम्मेदवारहरू आन्तरिक लबिङ र रस्साकस्सीमा व्यस्त भएका छन् ।

READ ALSO

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

एमालेले प्रत्यक्ष र समानुपातिक दुवैमा प्रदेशमा कांग्रेसलगायत गठबन्धन दललाई पछि पार्दै पहिलो पार्टी भएको छ । एमालेले ४७ सिट सुरक्षित बनाएपछि सरकार बनाउन बहुमत पुगेको हो । ९३ सदस्यीय प्रदेशसभामा कांग्रेस गठबन्धनले जम्मा ४६ प्रदेश सांसद मात्र जोड्न सकेको छ ।

अहिले प्रदेश १ मा मुख्यमन्त्री हुने दौडमा एमालेका पोलिटब्युरो सदस्यसमेत रहेका ताप्लेजुङका तिलकुमार मेन्याङ्बो (लिम्बू) र स्थायी कमिटी सदस्य रहेका झापाका हिक्मतकुमार कार्कीको नाम मुख्य पृष्ठमा रहेको छ ।

एमालेका मेन्याङ्बोले ताप्लेजुङ १ (१) बाट प्रदेशसभा सदस्यमा उम्मेदवारी दिँदै १२ हजार ७ सय ७२ मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एकीकृत समाजवादी) का खेमबहादुर वनेमले ८ हजार ७ सय ३३ मात्र ल्याए । प्रदेशसभा सदस्यमा विजयी भएसँगै मेन्याङ्बोले भने, ‘पार्टीमा दिएको भूमिकाको आधारमा दाबी त मुख्यमन्त्रीकै गरेको छु । प्रदेश १ को समग्र विकास निर्माण, यहाँको सामाजिक, राजनीतिक, आर्थिक, सांस्कृतिक, स्वास्थ्य र शिक्षा, पर्यटन, उद्योग व्यवसाय, रोजगारमा कसरी सर्वसाधारणलाई परिवर्तनको महसुस गराउने भन्ने खाका तयार गरेको छु ।’

ताप्लेजुङको साविक थेचम्बुको आंवेबुङमा जन्मेका ५७ वर्षीय मेन्याङ्बो ०३४ सालदेखि स्कुल पढ्दा पढ्दै भूमिगतरुपमा कम्युनिस्ट राजनीतिमा हामफालेका हुन् । २२ वर्षसम्म जिल्ला सचिव भएका उनी २०५६ को आम निर्वाचनमा प्रतिनिधिसभा सांसद बनेर वातावरण संरक्षण समितिमा काम गरे ।

उनले भने, ‘काम गर्ने कार्यकारी भूमिकाको खोजीमा छु । पार्टीको पोलिट ब्युरो सदस्य भएर पनि भएर यसपटक मैले आफ्नो पार्टीको निर्णयअनुसार प्रदेशसभा सदस्यमा उम्मेदवारी दिएर जितेपछि मुख्यमन्त्रीको दाबी गरिरहेको छु । पार्टी र प्रदेशका साथीहरूले मलाई संसदीय दलको नेता बनाएर मेरो योगदान, भूमिकालाई मूल्याङ्कन गर्ने विश्वास छ ।’

मुख्यमन्त्रीकै दौडमा झापा क्षेत्र नम्बर ५(१) बाट विजयी भएका हिक्मतकुमार कार्की पनि रहेका छन् । एमालेको स्थायी कमिटी सदस्य रहेका कार्की ०७४ मा भएको निर्वाचनमा विजयी भएपछि पहिलो पटक प्रदेश १ को आन्तरिक मामिला तथा कानुनमन्त्री भइसकेका नेता हुन् । एमालेमा उनले नेपाली कांग्रेसका जीवनकुमार राईविरुद्ध २२ हजार ५ सय ३० मत ल्याउँदै मुख्यमन्त्री बन्ने मार्ग तय गरे । कांग्रेसका राईले १७ हजार ५७ मतमात्र ल्याएका थिए ।

मुख्यमन्त्रीका आकांक्षी कार्कीले भने, ‘पार्टीमा खेलेको भूमिका र सिनियरिटीको हिसाबमा साथीहरूले मलाई मुख्यमन्त्री भएको देख्न चाहेका छन् । तर त्यसका लागि सबैभन्दा पहिले त संसदीय दलको नेता बन्नुर्पयो । हामी आन्तरिक सहमतिमा आफ्नो संसदीय दलको नेता चयन गर्नेछौं । त्यसपछि बन्ने हो मुख्यमन्त्री ।’ उनले आफूलाई मुख्यमन्त्रीको जिम्मेवारी दिए उक्त जिम्मेवारी सम्हाल्न तयार रहेको बताए ।

उनले प्रदेश १ मा एमालेकै नेतृत्वमा सरकार गठन हुने भएकाले आफ्नो नाम संसदीय दलको रुपमा सर्वसम्मत चयन हुनेमा विश्वास व्यक्त गरे । एमाले स्रोतका अनुसार प्रदेश १ मा एमाले नेतृत्वमा सरकार गठन भएमा मुख्यमन्त्री बन्ने तिलकुमार मेन्याङ्बो र हिक्मतकुमार कार्कीमध्ये एकको विकल्प छैन । दुवै जनामध्ये एक जना पार्टीका पोलिट ब्युरो सदस्य र अर्का स्थायी समिति सदस्य भएको र वरिष्ठताका आधारमा दुई जनामध्ये एक जना मुख्यमन्त्री हुने एमालेका एक अगुवा नेताले बताए ।

ती नेताको भनाइअनुसार मेन्याङ्बोभन्दा कार्की एक तहले वरिष्ठ पदाधिकारी भए पनि पार्टीमा दिएको समय र योगदानको आधारमा भने मेन्याङ्बो ‘सिनियर’ हुन् ।

कसलाई मुख्यमन्त्री वा सभामुख बनाउने भन्ने विषय पार्टी हेडक्वाटरबाट तय हुने भएकाले पनि अहिले नै यसै भन्न सकिने अवस्था भने नरहेको एमाले स्रोतले जनाएको छ । एमालेका एक अर्का वरिष्ठ नेताले भने, ‘एमाले नेतृत्वमा सरकार गठन भएमा कार्की सभामुख भए मेन्याङ्बो मुख्यमन्त्री र मेन्याङ्बो सभामुख भए कार्की मुख्यमन्त्री बन्ने सम्भावना छ ।’

Tags: १ नम्बर प्रदेशआकांक्षीतिलकुमार मेन्याङ्बोनेकपा एमालेमुख्यमन्त्रीहिक्मतकुमार कार्की

Related Posts

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र
समाचार

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

15/08/2025
झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
समाचार

सुनसरीको हरिनगरमा गोली प्रहार गरी सालीको हत्या

14/07/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

बढ्यो पेट्रोल र डिजेलको मूल्य

15/06/2025
इजरायल र इरानमा रहेका सबै नेपाली सुरक्षितः परराष्ट्र मन्त्रालय
FEATURE

इजरायल र इरानमा रहेका सबै नेपाली सुरक्षितः परराष्ट्र मन्त्रालय

15/06/2025
Next Post
सरकारी सेवामा कार्यरत दुईविरुद्ध नक्कली शैक्षिक प्रमाण-पत्र सम्बन्धी मुद्दा दायर

सरकारी सेवामा कार्यरत दुईविरुद्ध नक्कली शैक्षिक प्रमाण-पत्र सम्बन्धी मुद्दा दायर

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

  • हाम्राे टीम
  • विज्ञापन
  • राशिफल
  • Checkout
  • My account
  • Login/Register
  • Checkout – urban_observer
  • My Account – urban_observer
  • Login/Register – urban_observer
  • Switching plans wizard
  • Modal Mobile Menu
  • Modal Newsletter
  • Modal Desktop
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.