रामधुनी । सुनसरीको सिमावर्ती क्षेत्रबाट अबैध रुपमा चोरी निकाशी पैठारी भएको खाद्यान्न, लत्ता कपडा, मदिरा लगायतका सामाग्री जिल्ला प्रहरी कार्यालयले बरामद गरेको छ ।
शुक्रबार जिल्लाका बिभिन्न सिमावर्ती क्षेत्रबाट अबैध रुपमा ओसारप्रसार भएको करिब ९ लाख ८१ हजार बराबरका सामानहरु प्रहरीले बरामद गरेको हो ।
बरामद भएका सामाग्रीहरु आवश्यक कारवाहीका लागि सेतुबन्ध भन्सार कार्यालय कोशी व्यारेजमा बुझाईएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।