Monday, January 19, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home प्रदेश खबर

प्रकोप जोखिम न्युनीकरणमा जनप्रतिनिधिको भूमिका विषयक अन्तरक्रिया सम्पन्न

खबरबिट by खबरबिट
05/12/2020
in प्रदेश खबर
0
प्रकोप जोखिम न्युनीकरणमा जनप्रतिनिधिको भूमिका विषयक अन्तरक्रिया सम्पन्न
13
SHARES
313
VIEWS
Share on FacebookShare on Twitter

सुनसरी । स्थानीय तहमा प्रकोप जोखिम न्युनीकरण अभियानमा निर्वाचित जनप्रतिनिधिहरुको भूमिका बिषयक प्रदेश एक स्तरीय जुम अन्तरक्रिया शुक्रबार सम्पन्न भएको छ ।

स्थानीय तहमा विपद ब्यवस्थापन ऐनले प्रत्याभुत गरेका आधारभुत बिषयबस्तुहरुलाई स्थानीय सरकारको वार्षिक कार्यक्रम मार्फत लागु गर्ने सन्दर्भमा हासिल भएका उपलब्धि र सिकाईहरुलाई कार्यक्रममा सहभागीहरुले अनुभवको रुपमा प्रस्तुत गरेका थिए ।

READ ALSO

ब्राउन सुगर सहित २ जना पक्राउ

१ महिलाको शव फेला

प्रदेश एकको पाहाडी तथा हिमाली क्षेत्रहरुबाट भौगोलीक विकटता र विपद जन्य त्रासका कारण सुगम स्थान तर्फ बसाइसराई दर उच्च भएको कारण कतिपय गाउँ वस्तिहरु सुनसान हुँदै गएको सवालहरुको बिषयमा सहभागीहरुले प्रादेशिक सरकारको ध्यानाकर्षण हुनुपर्नेमा जोड दिएका थिए ।

धनकुटाको छथर जोरपाटि गाउँपालिकाले आफ्नो क्षेत्रमा वसाइसराई गरी आउने परिवारलाई उपहार स्वरुप लैनो गाई उपहार दिने अभियान संचालन गरेको गाउँपालिका उपाध्यक्ष भिमकला श्रेष्ठले बताइन् ।

प्रदेश एक सभा उपसभामुख सरस्वती पोखे्रलको अध्यक्षतामा संचालित जुम (भर्चुअल) बैठकमा एघार जिल्लाबाट ३० जना स्थानीय तहका उपप्रमुख र उपाध्यक्षहरुको सहभागिता रहेको थियो । सहभागीहरुले स्थानीय तहमा निवार्चित महिला जनप्रतिनिधिहरुको अनुभव तथा आइपरेका समस्या तथा चुनौतीहरु समाधान गर्न प्रदेश सरकार र संघीय सरकारले विशेष चासो दिनुपर्ने आवश्यकता रहेको तथ्य प्रस्तुत गरेका थिए ।

कार्यक्रममा नेपाल सरकारका पूर्व शिक्षामन्त्री तथा प्रतिनिधि सभा सदस्य डाक्टर गंगालाल तुलाधरले प्रकोप जोखिम न्युनीकरण तथा पूर्वतयारीका योजनाहरु निर्माण तथा कार्यान्वयन गर्ने प्रक्रियामा विपतको कारणले महिला, बालबालिका, जेष्ठनागरीक तथा अपांगता भएका ब्यक्तिहरुको आवश्यकतालाई सम्बोधन गर्ने कार्यक्रम निर्माण गर्न उपप्रमुख तथा उपध्यक्षहरुको महत्वपुर्ण भूमिका रहेको सन्दर्भमा एक कार्यपत्र प्रस्तुत गरेका थिए ।

उपसभामुख पोख्रेलले प्रदेश सरकार र संघीय सरकारले विपत जोखिम न्युनीकरण सम्बन्धि तयार गरेका ऐन कानुन तथा प्रावधानको कार्यान्वयन गर्दा महिला, बालबालिका, जेष्ठनागरिक, अपांगताभएका तथा अन्य सिमान्तर्कत वर्गहरुको आवश्यकतालाई विषेश जोड दिन स्थानीयतहको महत्वपुर्ण जिम्मेवारी रहेको तथ्य प्रस्तुत गरेकी थिइन् । सामान्य अवस्थामा भन्दा विपतको समयमा उक्त वर्गहरु उच्च जोखिममा रहने सवाललाई सबैले आत्मसाथ गर्नुपर्ने जोड दिइन् ।

संयुक्त राष्ट्रसंघीय कार्यक्रम अन्तर्गत अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम) नेपालको आयोजना तथा युएस एडको सहयोगमा नेपालका सात सय ५३ स्थानीय तह र सातवटै प्रदेश सरकार सगको समन्वयमा संचालित विपत ब्यवस्थापन सम्बन्धि प्राविधिक सहयोग परीयोजना अन्तर्गत संचालित उक्त कार्यक्रम एक वर्षदेखि संचालनमा रहेको आयोजक संस्थाका नेपाल प्रमुख लोरेना लान्डोले बताए ।

कोरोना माहामारीका कारण भौतिक उपस्थितीमा कार्यक्रम संचालन गर्न कठिनाई भएपछि सातवटै प्रदेशका स्थानीय तहमा कार्यरत निर्वाचित जनप्रतिनिधिहरुसँग जुम बैठक मार्फत यो छलफल कार्यक्रम संचालन गर्दै आएको आईओएम नेपालका प्रदेश एक प्रतिनिधि द्धारीका घिमिरेले जानकारी दिए ।

Tags: अन्तरक्रियाअन्तर्राष्ट्रिय आप्रवासन संगठनआईओएमजनप्रतिनिधिप्रकोप जोखिम न्युनीकरण

Related Posts

धरानमा लागूऔषधसहित तीन पक्राउ
अपराध

ब्राउन सुगर सहित २ जना पक्राउ

20/06/2023
 घाँटीमा लिचीको दाना अड्किएर बच्चाकाे मृत्यु
प्रदेश खबर

१ महिलाको शव फेला

19/06/2023
ताप्लेजुङ : बाढीपहिरोमा परेर तीनजनाको मृत्यु, तीन बेपत्ता
प्रदेश खबर

ताप्लेजुङ : बाढीपहिरोमा परेर तीनजनाको मृत्यु, तीन बेपत्ता

19/06/2023
धरानमा लागूऔषधसहित तीन पक्राउ
अपराध

चोरी मुद्धाका एक फरार प्रतिवादी पक्राउ

16/06/2023
बसको ठक्करबाट बालिकाको मृत्यु
प्रदेश खबर

बसचालकको लापरवाहीबाट १ काे मृत्यु

16/06/2023
खोटाङमा छतबाट खसेर नाबालिकाको मृत्यु
प्रदेश खबर

रूखमा घाँस काट्दा एक को मृत्यु

16/06/2023
Next Post
बहुमत-अल्पमतको प्रक्रिया अघि बढ्ने भएपछि ओली पक्ष दौडधुपमा

बहुमत-अल्पमतको प्रक्रिया अघि बढ्ने भएपछि ओली पक्ष दौडधुपमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

  • हाम्राे टीम
  • विज्ञापन
  • राशिफल
  • Checkout
  • My account
  • Login/Register
  • Checkout – urban_observer
  • My Account – urban_observer
  • Login/Register – urban_observer
  • Switching plans wizard
  • Modal Mobile Menu
  • Modal Newsletter
  • Modal Desktop
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.